Breaking news 2

सीमावर्ती क्षेत्रको दशैं बजारः वारि सुनसान, पारि भीडभाड

सीमावर्ती क्षेत्रको दशैं बजारः वारि सुनसान, पारि भीडभाड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
पर्सा  नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेको हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ । सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताउँछन् । “वीरगञ्जमा भन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने भएकाले उतै जाने गर्छौँ, यहाँ त गाह्रोसारो परेका बेलामात्र हो किनमेल गर्ने त”, उनले भने । वीरगञ्जमा भन्दा सीमावर्ती बजार रक्सोलमा खाद्यान्न र लत्ताकपडालगायत सामान सस्तो मूल्यमा पाइने भएकाले प...
दसैंमा कस्तो रहला मौसम?

दसैंमा कस्तो रहला मौसम?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ। तथापि नेपालको धेरै स्थानमा अझै वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेल बताउँछन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक समेत रहेका उनी पश्चिमी वायुको प्रभाव नदेखिए पनि सोमबार (आज) र यो हप्ताभरि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताउँछन्। त्यसो त मौसम पूर्वानुमान महाशाखाले पनि देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का...
दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका(४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् । शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो । ...
दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएक...
दाउन्ने सडक एकतर्फी खुल्यो

दाउन्ने सडक एकतर्फी खुल्यो

Breaking news 2, ताजा अपडेट, समाचार
 शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडकएकतर्फी संचालन भएको छ ।जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि अवरुद्ध रहेको सडक विहान साढे ९ बजेदेखि देखि एकतर्फी सुचारी भएको हो । प्रहरीले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएको छ । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ । शुक्रबार साझँ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारीको ठुलो जाम लागेको छ । एकतर्फी मात्र सडक संचालन भएकोले रोकिएको जाम खुल्न घन्टौं लाग्ने देखिएको छ ।  यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो ...
अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै

अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई वाग्मती प्रदेश सरकारले दियो क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन काठमाडौँ — यसअघि ट्राफिक कारबाहीमा पर्दा प्रहरीले थमाउने गरेको चिट (कागजी रसिद) को विकल्पमा अब ई–चलानको प्रयोग सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन जाँच गर्ने डिभाइस हस्तान्तरण गरिएसँगै ई–चलान प्रयोगमा आउने भएको हो । नागरिक एपमा रहेको ‘ड्राइभिङ लाइसेन्स’ भित्र रहने क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले इलेक्ट्रोनिक चलान जारी गर्ने व्यवस्था वाग्मती प्रदेशबाट सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेश सरकारले सुरुवाती चरणमा क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । ती स्मार्टफोनमा चा...
दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै छ। दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो। घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीकाजम...
आज घटस्थापना, घरघरमा जमरा राखिँदै

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपालीहरूको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान ९ः१६ बजे तय गरिएको छ । केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् । आजदेखि ...
चार पाङ्ग्रे ईभीको बिक्री तीव्र गतिमा, दुई पाङ्ग्रेको धिमा

चार पाङ्ग्रे ईभीको बिक्री तीव्र गतिमा, दुई पाङ्ग्रेको धिमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
नेपालमा चार पाङ्ग्रे  विद्युतीय सवारीसाधन (ईभी) बजार आकाशिँदा दुई पाङ्ग्रेकाे गति भने अत्यन्तै सुस्त छ । चार पाङ्ग्रे प्यासेन्जर गाडीको बिक्रीमा ईभीले ७५ देखि ८० प्रतिशत हिस्सा लिँदा स्कुटर तथा मोटरसाइकलको क्षेत्रमा भने ६ प्रतिशत बजारमा मात्रै विद्युतीय सवारीसाधनले लिन सकेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब ४७ करोड मूल्यका ११ हजार ७ सय युनिट चार पाङ्ग्रे ईभी नेपाल भित्रिएको देखिन्छ । नेपालमा प्रिमियम ईभी ‘स्काइवेल’ भित्र्याएको जी मोटर्सका प्रबन्ध निर्देशक तथा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सदस्य कैलाशबाबु गेलाल नेपालमा नयाँ सवारी आयात हुँदा करिब ७५ देखि ८० प्रतिशत सवारी ईभी भएको बताउँछन् । ‘नेपालमा चार पाङ्ग्रे सवारीसाधनको मार्केट अहिले वार्षिक करिब १५ हजार युनिट बराबर छ, त्यसमा पनि ११ हजारभन्दा बढी ईभी नै आयात भएको छ,’ गेलालले भने । तर, सोही  विवरण दुई पाङ...
लुम्बिनीका सीमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनीका सीमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका सीमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका छन् ।   प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सीमानाका कारण भारतबाट अवैध रुपमा मासु, दुध तथा कृषि उपजका सामग्रीहरु चोरी पैठारी हुँदा राजश्व चुहावट भइरहेको, उपभोक्ताले विषाक्त खाद्यबस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रने पर्यटकहरुको सुविधाको लागि सीमा क्षेत्रमा एकिकृत जाँच गर्न निर्देशन दिएका हुन् । भारतबाट नेपाल भित्रिने पर्यटकहरुलाई ठाउँठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसिबोका, माछा, दुध भित्रिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकिकृत जाँचलाई कार्यान्वयनमा ल्याउने यो...