Breaking news 2

बुटवलमा भुमिहिन,सुकुम्वासी,अव्यवस्थित बसोबासीको प्रदर्शन

बुटवलमा भुमिहिन,सुकुम्वासी,अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभुमिहिन,सुकुम्वासी,अव्यवस्थित बसोबासीले बुटवलमा प्रदर्शन गरेका छन् । बुटवलको चौराहाबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको हो ।बुटवलका देवीनगर, बुद्धनगर, मजुवा, रानीगन्जलगायतका एक दर्जन स्थानका अव्यवस्थित बस्तीका झण्डै १ सय टोल विकास संस्थामा आबद्ध भएका सुकुम्बासी र अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका हुन् ।नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवास संघर्ष समितिको आयोजनामा प्रदर्शन सुरु भएको हो । प्ले कार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका सुकुमवासीले डोजर आतंक बन्द गर्न माग गरेका छन् । पर्दशनमा वोल्दै संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेल, सल्लाहकार विरेन्द्र विक,सदस्यहरु विरमान लामा , राजु शाहि,राजकुमार भट्टराईलगायतले वोल्दै प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले अव्यवस्थित वसोबासीहरुको भोट लिएर सरकारमा जाने र तिनैको उठीबास ग...
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले समस्या

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले समस्या

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौँ नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण व्यवसायीहरु कठिन मोडमा पुगेको जनाएको छ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्यवृद्धि र नीतिगत अन्योलका कारण मुलुकभरका अधिकांश आयोजना ठप्प प्रायः भएको उल्लेख गरेको हो । महासङ्घका अनुसार सात प्रदेश, ७७ जिल्ला सङ्घ तथा अन्य सदस्यसहित करिब ३२ हजार निर्माण व्यवसायी आबद्ध रहेको यस क्षेत्र अहिले गम्भीर आर्थिक दबाबमा छ । चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको महासङ्घको भनाइ छ । महासङ्घका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेललगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डण्डीजस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताए ।गत फेब...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ — आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । हिमाली, पहाडी र तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यमसम्मको वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाले  प्रिमनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ । ...
‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन

‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।भूमि समस्या समाधान आयोग रुपन्देहीका अनुसार करिब ८० हजार परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्।जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुमवासी हुनु रहर होइन, बाध्यता हो, अव्यवस्थित यो देशको नागरिक होइन र ?, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, डोजर आतंक पाराले दुःख पाए साराले, गाँस-बास-कपासको सुनिश्चित गर, डोजर आतंक बन्द गर, बालेन सरकार राजीनामा दे लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर लेखेको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । ...
अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँरामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’सँगै विभिन्न सरकारी निकायमा रहेका राजनीतिक नियुक्तिहरू एकमुष्ट रूपमा खारेज गर्ने बाटो खुलेको छ। यो निर्णयले सरकारअन्तर्गतका बोर्ड, समिति, प्रतिष्ठान र अन्य संस्थामा गरिएको नियुक्तिमा ठूलो असर पार्ने देखिएको छ। अध्यादेशअनुसार विशेषगरी १२ चैत २०८२ अघि भएका नियुक्तिहरू स्वतः खारेज हुने व्यवस्था गरिएको छ। यसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि, उद्योग, वन लगायतका महत्वपूर्ण मन्त्रालयअन्तर्गतका सयौँ पदहरू प्रभावित हुनेछन्। उपलब्ध विवरण अनुसार पर्यटन मन्त्रालयअन्तर्गत मात्रै १८ निकायमा १७६ पद रहेका छन्, जसमध्ये केही पद अहिले पनि रिक्त छन्। सञ्चार मन्त्रालयअन्तर्गत ११ निकायमा ६० भन्दा बढी पद छन् भने कानुन मन्त्रालयअन्तर्गत झण्डै १०० पदमा राजनीतिक ...
अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र आवस्यक रहेका सेवा विस्तार गर्ने योजना रहेकोले सरोकारवाला सवैले साथ दिन आग्रह गरेका छन्।नेपाल नियमित रक्तदाता संघ बुटवलको आयोजनामा रहेको रक्तदान कार्यक्रममा वोल्दै डाक्टर गौतमले आफु सम्पूर्ण मापदण्ड पुरा गरि योग्य भई मेडिकल सुपरिटेन्डेन्ट पद पाएपछि पनि पदमा वस्न नदिई अवरोध हुंदै आएको र नियुक्ति पश्चात् न्याय मिलेको वताएका छन्।उनले अस्पताल भित्र रहेको रक्तसञ्चार केन्द्रलाई आवस्यक पर्ने व्यवस्थापकीय पक्षलाई मजबुत वनाई सरोकारवाला सवैको सहयोगवाट रगतको अभाव हुन नदिने गरी काम गर्न चाहेको वताएका छन्।अहिलेको सरकारले शुशासन,दुर्त सेवा प्रवाह, प्रविधिमैत्री सेवा, विश्वासयोग्य सेवा,योग्य व्यक्तिलाई जिम्मेवारी लगायतका विषयमा प्राथमिकता दिएको र निर्देश गरेकोले आफुले सोही अनु...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको हो ।  दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो ।  सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको मन्त्री तिमिल्सिनाको भनाइ छ ।&nbs...
रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी संगठित भएका छन् । संघीय राजधानी काठमाडौंबाट सुकुम्बासी बस्ती खाली गराउन थालेको सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएपछि उनिहरू संगठित भएका हुन् । नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रूपन्देहीको नाममा संगठित भएका उनिहरूले खड्क बहादुर पाैडेलकाे अध्यक्षतामा २३ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरि संघर्ष समितिकाे घाेषणा गरेका हुन् । संघर्ष समितिले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । समितिका संयोजक पाैडेलले अन्यत्रकाे भन्दा रूपन्देहीका भूमिहीन...
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् ।  सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।  २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । आज सरकारले सार्वजनिक बिदा दिएको छ । ...
रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलरोल्पाको थवाङ जलजलामा रुकुमपूर्वबाट आउँदै गरेको जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको उनले बताए। उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन्। उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए। बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको छ। दुर्घटनामा परेको लु १ ज ४१६७ नम्बरको जिप सिस्ने गाउँपालिका–५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए। जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका–१ सल्या...