Breaking news 2

बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया काठमाडौंमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया ६ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुगेका छन् । छुट्टाछुट्टै काठमाडौं आएका उनीहरूलाई परराष्ट्र सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनीहरूले आजै  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । एडवार्ड भोलि ९माघ २३० ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् । नेपाल रहँदा उनीहरू पोखरा पनि जानेछन् । उनी माघ २७ ९आइतबार० गते फिर्ता हुने उनीहरूको कार्यक्रम छ । बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । अर्थात्, उनी वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये हाल उनी १५औँ नम्बरमा छन् । ...
प्रधानमन्त्री दाङ आउने भएपछि एमालेमा सक्रियता

प्रधानमन्त्री दाङ आउने भएपछि एमालेमा सक्रियता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली दाङ आउने भएपछि नेकपा एमालेले जनसभाको तयारी गरेको छ । जनसभाको तयारीका लागि विभिन्न भेला र छलफल गर्न थालिएको नेकपा एमाले दाङले जनाएको छ । सोही क्रममा सोमबार नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रको बैठक बसेको थियो । जसमा प्रधानमन्त्रीको उपस्थितिमा विशाल जनसभाका लागि कार्ययोजना तयार गरिएको छ । नेकपा एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनसंगठनको परिचालन लगायतका विषयमा छलफल गरिएको थियो । बैठकमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरूलाल चौधरीले नेता जनपक्षीय र कार्यकर्तामा आधारित हुनुपर्ने भएकोले बढी भन्दा बढी नागरिकलाई सभामा उतार्नुपर्ने बताएका छन् । उनले फागुन ५ गतेको जनसभा सभा सफल बनाउने अभियानमा लाग्न जन...
आज प्रदेश स्थापना दिवस : मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त

आज प्रदेश स्थापना दिवस : मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसंग जोडिन सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसंग जोडिन सफल भएको बताएका हुन् ।‘विगत ७ बर्षमा संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामिले महशुस गरेका छौं’उनले भने,‘लुम्बिनी प्रदेशको आफ्नै प्रशासंनिक संरचना, विकास मोडेल, जनअपेक्षा पुरा गर्न सक्षमहुने विश्वास व्यक्त गर्दछु । स्थापनाको आठौं बार्षिकोत्सव मनाउदै गर्दा प्रदेश सरकार आम नागरिकहरुको भरोसाको रुपमा स्थापितहुन सफल भएको बताउन पाउदा हामी उत्साहीत छौं ।’ प्रदेश सरकार नागरिकको विकास प्रतिको तिब्र आकांक्षा पुरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपना लगायत साझा सरोकारका मुद्धामा सबै...
संस्थालाई करोड–करोडका कृषि अनुदान : अधिकांशले गरे दुरुपयोग

संस्थालाई करोड–करोडका कृषि अनुदान : अधिकांशले गरे दुरुपयोग

Breaking news 2, पत्रपत्रिका, समाचार
काठमाडौँ सरकारले ३२ संस्थालाई एक करोड रुपैयाँभन्दा बढी कृषि अनुदान दिएको भेटिएको छ । तर त्यो अनुदान कति प्रभावकारी छ, सदुपयोग भएको छ कि छैन- सरकार त्यति जानकार छैन । सर्वसाधारण उपभोक्ताले त्यसको लाभ लिएका छन् कि छैनन् भन्ने विषयमा पनि सरकारलाई  बेखबरजस्तै छ । एक करोडभन्न्दा बढी अनुदान लैजाने संस्थाको विवरण खोजी गर्दा सरकारबाट मोटो रकम लिएर कोल्ड स्टोर सञ्चालनमै नरहेकोसम्म भेटिएको छ । त्यसको एउटा उदहारण हो, बाँकेमा रहेको कैलाश कोल्ड सेन्टर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ करोड ३० लाख अनुदान लिए पनि उक्त कोल्ड स्टोर सञ्चालन नै भएको छैन । ‘धेरै वर्षअगाडि नाम त सुनिएको हो, तर सञ्चालनमा आएको थाहा पाइएन,’ बाँकेका अगुवा कृष्णप्रसाद श्रेष्ठले भने, ‘बाँकेमा दुइटा मात्रै चिस्यान केन्द्र सञ्चालनमा छन् । ती हुन्, नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड एयर हाउजिङ र भेरी शीत भण्...
तयारीबिना संविधान संशोधनको बहस

तयारीबिना संविधान संशोधनको बहस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ कांग्रेस र एमालेले सत्ता गठबन्धनको औचित्य स्थापित गर्ने प्रमुख माध्यम बनाएको संविधान संशोधन मामिला राजनीतिक चर्चामै सीमित भएको छ । संसद् र सार्वजनिक मञ्चमा दुई दलका नेताहरूले संविधान संशोधनबारे बोल्ने गरे पनि त्यसका लागि गृहकार्य सुरु गरिएकै छैन ।  संसद्का दुई ठूला दल मिलेर सरकार चलाउने बिरलै हुने अभ्यासको औचित्य पुष्टि गर्न कांग्रेस र एमालेले गत असार १७ मा सातबुँदे सहमति गर्ने क्रममा संविधान संशोधनलाई प्रमुख प्राथमिकतामा राखेका थिए । त्यसबमोजिम राजनीतिक संयन्त्रसहित गत पुस १० मा भएको दुई दलीय शीर्ष बैठकले संविधान संशोधनमा काम गर्नेसहित तीनवटा कार्यदल बनाउने निर्णय गरेको थियो । संविधान संशोधनका एजेन्डामा काम गर्न गठित कार्यदलमा भने दुई दलले अझैसम्म प्रतिनिधि पठाएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद्मा बोल्दा भने संविधान संशोधनका लागि दुई दलले विज...
अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

Breaking news 2
मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको थियो । त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५/२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत कर लगाउने समयसीमा आजदेखि लागू हुँदैछ । राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिनुभएको थियो । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ । यदि कर लागू भएमा क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने जोखिम छ । किनभने यी दुवै देशले अमेरिकामा वस्तु निर्यात गर्छन् । अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार यसबाट ती देशसहित अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्ध...
रविले पेस गरेपछि बढी चर्चामा आएको ब्याङ्क ग्यारेन्टी भनेको के हो?

रविले पेस गरेपछि बढी चर्चामा आएको ब्याङ्क ग्यारेन्टी भनेको के हो?

Breaking news 2, पत्रपत्रिका, समाचार, समाज
सहकारी प्रकरणमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुना बाहिर रहेर मुद्दा लड्न तीन वटा जिल्लामा गरी अहिलेसम्म २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। आफू उपप्रधान तथा गृहमन्त्री रहँदा गत वैशाख ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा आफूसँग केबल १,१०,००० रुपैयाँ बचत रहेको उल्लेख गरेका लामिछानेले कसरी धरौटीमा रिहा हुन त्यति ठूलो रकम जुटाए भन्ने जिज्ञासा कैयौँले व्यक्त गरेको पाइन्छ। लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ, काठमाण्डू जिल्ला अदालतले ६० लाख रुपैयाँ र रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी तोकेको थियो। लामिछानेले तीन वटै जिल्ला अदालतले तोकेको धरौटी केही घण्टाभित्रै बुझाएका थिए। अहिले थुना बाहिर रहेर मुद्दा लडिरहेका लामिछानेले कास्की जिल्ला अदालतले तोकेको धरौटी रकम बदर गर्न माग गर्...
जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा स्थित श्रृङ्गेश्वरधाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण र विस्तारका लागि सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ संचालन हुने भएको छ ।यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमदभागवत ज्ञान बिज्ञान श्रीङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रीङ्गारिक महाआरती २०८१ भब्य रुपमा संचालन हुनेछ । महायज्ञमा प्रमुख कथा बाचकको रुपमा पुज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्नु हुनेछ भने रास्ट्रीय कलाकारहरूको प्रस्तुति रहनेछ। हाल सचालनमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गर्ने र आधुनिक सेवा सुबिधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गरिएको हाे । उक्त मिलन केन्द्रले जेष्ठ नागरिकलाई दिनभर ध्यान , ज्ञान , भजनकृतन ,मनोरञ्जन गर्ने कार्यक्रम गर्ने र खाजाको समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिकलाई घर बाट ल्य्ल्याउने र छोड्न ज...
भारतमा जारी कुम्भ मेलामा भागदौड, कम्तिमा १० जनाको मृत्यु

भारतमा जारी कुम्भ मेलामा भागदौड, कम्तिमा १० जनाको मृत्यु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानि...
संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने छ । ...