एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए


बुटवल

रूपन्देही जिल्लाका विभिन्न विद्यालयहरूबाट एसईई २०८१ को नतिजाअनुसार हालसम्म ४.० जिपिए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । अधिकांश विद्यालयले उत्कृष्ट नतिजा दिँदै शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान बलियो बनाएका छन् ।

शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा यसपटकको नतिजामा सबैभन्दा अगाडि देखिएको छ । हालसम्मको विवरण अनुसार सो विद्यालयबाट १८ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्।

त्यसैगरी न्यु होराईजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्।

त्यस्तै नयाँगाउँ मावि बुटवलबाट ३ जना, न्यू लुम्बिनी ई.बो. स्कुल देवदहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दिप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैनामैनाबाट २÷२ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।

नवरत्न मावि बुटवलबाट २ जना र अन्य विद्यालयहरू रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन स्कुल, सुनगाभा पब्लिक मावि सैनामैना, सैनामैना मोमोरियल मावि, सिद्धेश्वर लालकुमारी मावि बुटवल, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल, न्यु इन्भारमेन्ट स्कुल तिलोत्तमा र होराईजन गौतमबुद्ध मावि तिलोत्तमाबाट १÷१ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।

यो विवरण हालसम्म प्राप्त सूचनाका आधारमा तयार गरिएको हो। विभिन्न विद्यालयहरूको विस्तृत नतिजा आउन बाँकी रहेकोले ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...