एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए


बुटवल

रूपन्देही जिल्लाका विभिन्न विद्यालयहरूबाट एसईई २०८१ को नतिजाअनुसार हालसम्म ४.० जिपिए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । अधिकांश विद्यालयले उत्कृष्ट नतिजा दिँदै शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान बलियो बनाएका छन् ।

शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा यसपटकको नतिजामा सबैभन्दा अगाडि देखिएको छ । हालसम्मको विवरण अनुसार सो विद्यालयबाट १८ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्।

त्यसैगरी न्यु होराईजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्।

त्यस्तै नयाँगाउँ मावि बुटवलबाट ३ जना, न्यू लुम्बिनी ई.बो. स्कुल देवदहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दिप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैनामैनाबाट २÷२ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।

नवरत्न मावि बुटवलबाट २ जना र अन्य विद्यालयहरू रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन स्कुल, सुनगाभा पब्लिक मावि सैनामैना, सैनामैना मोमोरियल मावि, सिद्धेश्वर लालकुमारी मावि बुटवल, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल, न्यु इन्भारमेन्ट स्कुल तिलोत्तमा र होराईजन गौतमबुद्ध मावि तिलोत्तमाबाट १÷१ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।

यो विवरण हालसम्म प्राप्त सूचनाका आधारमा तयार गरिएको हो। विभिन्न विद्यालयहरूको विस्तृत नतिजा आउन बाँकी रहेकोले ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...