प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित


काठमाडौं

 प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो ।

आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए । 

करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लगायतका विषयहरु आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो । हरेक वर्ष राजस्वका दरहरु हेरफेर गर्दा लगानीकर्तालाई त्यसले समस्या पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अर्थमन्त्री पौडेलले बताए ।

“करको नीति र दरमा अस्थिरता र अनिश्चय भयो भनेर पटक–पटक उठ्ने प्रश्न हो, यसले गर्दा लगानीकर्ताहरुले करको अनुमान गर्न सक्ने स्थिति थिएन । यसले व्यवसाय र उद्योग क्षेत्र प्रभावित भयो”, अर्थमन्त्री पौडेलले भने, “यस्तो अवस्थाले समग्र कर प्रणाली प्रभावित भयो भनेर विगतमा गुनासो सुन्दै आएकोमा त्यसलाई सच्याई आर्थिक विधेयक, २०८२ मा  करको नीति र दरमा स्थिरताको सन्देश जान सकोस् भनेर आवश्यक र अत्यावश्यक ठाउँमा मात्र संशोधनको प्रस्ताव गरिएको छ ।”

उद्योगी व्यवसायीलाई लगानीका लागि प्रेरित गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र समग्र राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्याउन सक्ने क्षेत्रको करमा छुट र सहुलियतका प्रावधान ल्याइएको उनको भनाइ छ । यही कुरालाई मध्यनजर गरेर आगामी आर्थिक वर्षका लागि आर्थिक विधेयक प्रस्तुत गरिएको अर्थमन्त्री पौडेलको दाबी छ । 

“आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित विकासका लागि अनुकुल हुने गरी कर प्रस्ताव गरिएको छ। मदिरा र सुर्तीजन्य वस्तुले जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले यी वस्तुमा केहि हेरफेर भएका छन्”, अर्थमन्त्री पौडेलले भने । आर्थिक विधेयकमार्फत् अग्रीम आयकरको व्यवस्था हटाइएको पनि उनले बताए । आर्थिक विधेयक, २०८२ माथि परेका सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भए ।

छुटाउनुभयो कि ?

बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग

बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग

बुटवलचौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको हालको विज्ञापन नीतिलाई खारेज गर्नुपर्ने माग गरेको छ । प्रकाशन तथा प्रसारण संघ लु...
रास्वपा महाधिवेशन आजदेखि चितवनमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्...
अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौंअविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ । व...
प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

बुटवलनेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिकले लडेर ल्याएको सिंह दरवारको अधिकार नागरिकमा रहेको र अहिलेको सरकारल...