Breaking news 1

यी प्रदेशमा भारी बर्षाको सम्भावना

यी प्रदेशमा भारी बर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । त्यो भनेको पानी पार्ने प्रणाल नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (सोमबार) बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अन्य प्रदेशका पनि तराईका भूभागमा पानी परिरहेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । साथै सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम व...
एमाले उपमहासचिव एव’ पूर्व मन्त्री ज्ञवाली पत्निको कृति सार्वजनिक

एमाले उपमहासचिव एव’ पूर्व मन्त्री ज्ञवाली पत्निको कृति सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौ नेकपा एमालेका उपमहासचिव एबं पूर्व मन्त्री प्रदीप ज्ञवालीकी पत्नि सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धर्ती’ शनिबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिकीकरण गरिएको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई कृतिमा अभिव्यक्त गरेकी छन् । कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाहरूको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताएकी छन्  । कृतिको समीक्षा गर्दै समालोचक डा. विन्दु शर्माले अपाङ्गता भएको छोरीको हेरचाहमा रमाउँदा सरस्वती ज्ञवालीले अनुभूत गरेको अनुभूतिजन्य लेखनले आम पाठकलाई समेत भावुक बनाएको बताए। समारोहमा लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरी हेरचाह गरेर भात भान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई ल...
कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले–२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीन–चार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले भने, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ । बोर्डले यस वर्ष वैशाख ११ देखिदे खकक्षा १२ को परीक्षा सञ्चा...
टोपबहादुर रायमाझी विरुद्धको मुद्धाको पेसी आज

टोपबहादुर रायमाझी विरुद्धको मुद्धाको पेसी आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पेसी तोकिएको छ ।  दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जाहेरीवाला र साक्षीको बयान सकिएपछि आजका लागि काठमाडौँ अदालतमा पेसी तोकिएको छ ।   पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीको रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले विसं २०८० असार १ गतेको फैसलाबाट र...
मधेसमा वर्षा, किसानलाई राहत

मधेसमा वर्षा, किसानलाई राहत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
लामो समयदेखिको खडेरीले आहत भएका किसानमा रोपो जाग्ने आशा पलाएको छ । परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बताउँछन् । ‘खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगी जस्तो तीन दिनको वर्षाले निकै राहत दियो,’ महतो भन्छन्, ‘खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारी बालीलाई अमृत बर्सेजस्तै भयो ।’ लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् । पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको छ । ‘लामो रौ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले आज (साउन १७, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना छ। आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि सम्भावना छ। मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ ब...
गुल्मीका शिक्षा प्रेमी पन्थीको नाममा हुलाक टिकट जारी

गुल्मीका शिक्षा प्रेमी पन्थीको नाममा हुलाक टिकट जारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
गुल्मी गुल्मीका एक शिक्षा प्रेमी ब्यक्तिको आज देखि हुलाक टिकट जारी भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ रजस्थलका स्वर्गिय पण्डित ऋषिराम पन्थीकाे नामबाट १० रुपैयाँको हुलाक टिकट जारी भएको हो । काठमाडौं बबरमहलस्थित हुलाक सेवा विभागको सभाहलमा आयोजित बिशेष समारोहमा उनी सहित तीन जना शिक्षा विद र विभिन्न स्थान गरि कुल १४ वटा टिकटमा सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाई आज देखि जारी गरिएको हो।नेपाल हुलाक सेवा विभागद्वारा शिक्षा-प्रेमी स्वर्गिय पं. ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट जारी गरेकाे छ।नेपाल हुलाक सेवा विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौंद्वारा गुल्मीका एक शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय पण्डित ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट प्रकाशित गरिएको छ।यो सम्मान पाउने उनी नेपालको हुलाक टिकटमा पहिलोपटक अङ्कित हुने व्यक्ति बन्न सफल भएका छन्...
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
बुटवल  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ...
सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री

सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल प्रधानमन्त्री केपीशर्मा ओलीले सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित नरहेको बताएका छन्। उनीहरुको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र भएको उनको टिप्पणी छ । सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूलाई भेटेर उनीहरुको उत्पादन हेरेपछिको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा रहेको बताएका छन्।   ‘कोठामा सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित छैन। उनीहरूको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र हो,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा छ, जसले उद्यम गरिरहेको छ र अरूलाई पनि प्रेरणा दिइरहेको छ। जुन काम उहाँहरूले गर्नु भएको छ।’   ...
देशभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित

देशभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं नेपालमा मनसुन भित्रिएको दुई महिना भएको छ । दुई महिनाको अविधमा देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तराईं–मधेशमा अझै कम वर्षा भएको छ । वर्षा कम हुँदा तराईं झनै प्रभावित भएको हो । गत जेठ १५ गते (मे २८) मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिए लगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । कमै वर्षा भए पनि केही ठाउँमा भने ठूलो क्षति भएको छ । असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । मनसुनमा पानी कम परेका कारण मधेश सबैभन्दा बढी प्रभावित भ...