Breaking news 1

भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएकी हुन् । उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’ अमेरिकी मध्यस्थताबारे के भनिन् ? पत्रकारहरुले उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी प्रश्न पनि सोधेका थिए । तर उनले भारत–पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरे...
भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवाद विरुद्धको लडाईंमा सबैको साथमा

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवाद विरुद्धको लडाईंमा सबैको साथमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौं भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं सबैकाे साथमा रहेने जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ । ‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्...
पाकिस्तानले जवाफी कारबाही थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट

पाकिस्तानले जवाफी कारबाही थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ ।  जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो । सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईको हवाला दिँदै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट हाई अलर्ट रहनु परेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । उता, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन् ।  राष्ट्र...
भारत र पाकिस्तानबीच तनाब बढेपछि नेपाल सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

भारत र पाकिस्तानबीच तनाब बढेपछि नेपाल सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए । ‘सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबि) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ,’ सहायक प्रवक्ता थापाले भने ।  अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको उनले ब...
नव प्रवर्तनलाई प्राथमिकता दिदै विकास मोडेलमा परिवर्तन गराैं: मुख्यमन्त्री आचार्य

नव प्रवर्तनलाई प्राथमिकता दिदै विकास मोडेलमा परिवर्तन गराैं: मुख्यमन्त्री आचार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नव प्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विकास मोडेललाई नव प्रवर्तनको क्षेत्रमा अनिवार्य रुपमा जोड्न जरुरी रहेको बताउनुभयो । `विकास भनेको भौतिक पूर्वाधार मात्रै हो । बाटो, पुल मात्रै हुन भन्ने बुझाइ नै गलत भयो । अब मानवीय विकास र स्थानीय उत्पादन बढाउनेगरी लगानी केन्द्रित गर्न जरुरी छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो`विकास मोडेललाई परिवर्तन नगरेसम्म आधारभूत तहका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन । यसमा हामी सबै गम्भीर बन्न ...
आज राष्ट्रिय पत्रकारिता दिवस

आज राष्ट्रिय पत्रकारिता दिवस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
आज राष्ट्रिय पत्रकारिता दिवस । मुलुकको पहिलो पत्रिका ‘गोरखापत्र’ प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ को स्मरण गर्दै नेपाल सरकारले २०७३ सालदेखि ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेर राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै गर्दा नेपाली प्रेसले अनेकौं चुनौतिको सामना गर्नुपरेको छ । पत्रकारिताका नाममा विकृति र विसंगति बढेको छ । यसमा शुद्धिकरण नहुने हो भने नेपाली प्रेस जगत अनिश्चयको भूमरीमा पर्ने निश्चित छ । जेहोस आज राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेर सरकारले पत्रकारिताको सुरुवात अर्थात बिजारोपण भएको दिनको सम्मान गरेको छ । निश्चितरूपमा नेपालको पत्रकारिता श्रीबृद्धिमा गोरखापत्रको योगदान महत्वपूर्ण छ । विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले समावेशी पत्रकारिताको नयाँ इतिहास स्थापित गरेको छ । विक्रम सम्बत १९५८ साल बै...
पूर्व मन्त्री वामपन्थी नेता प्रदीप नेपालको निधन

पूर्व मन्त्री वामपन्थी नेता प्रदीप नेपालको निधन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दियो। उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। २०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए। ...
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
????? ???? ??? ???? ?????????? ????? ?????? ??????? ?????? ?????? ?????? ???????? ? ??????? ???? ?????/???? काठमाडौँ सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ ।  दुवै बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ...
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति पौडेल

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन । “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँंदै आएको छ”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन । जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा  नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने धारणा...
सुशासन र पारदर्शिताका लागि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न आवस्यक

सुशासन र पारदर्शिताका लागि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न आवस्यक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
सुशासन र पारदर्शिताका लागि संसद् र नागरिक समाजबाट दबाब बढ्दा पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सार्वजनिक पद धारणा गरेका व्यक्तिले दुई महिनाभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान छ भने मन्त्रिपरिषद्का सदस्यले सार्वजनिक नै गर्ने अभ्यास छ । वैशाख १० मा शिक्षामन्त्रीमा नियुक्त रघुजी पन्त र आइतबार शपथ लिएका ऊर्जाराज्यमन्त्री खमबहादुर गर्बुजाबाहेक मन्त्रिपरिषद्का सदस्यले सम्पत्ति विवरण गत भदौभित्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण प्राप्त भइसकेको उल्लेख गरिए पनि विवरण लुकाइएको छ । सुशासन कायम गर्न नसकेको भन्दै नागरिकले सरकारमाथि असन्तुष्टि पोख्दै आएका छन् । संसद्मा विपक्षी दलहरूले तारन्तर माग उठाइरहेका छन् । अख्तियारलगायत राज्यका स्थायी संयन्त्र सक्रिय बनाउनुको सट्टा वैशाख ८ मा प्रधान...