Breaking news 1

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई  स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण र...
विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
आर्थिक वर्गीयताका हिसाबले समाजमा सम्पन्न वर्ग ,मध्यम वर्ग र विपन्न वर्ग गरी तीन वर्गमा विभाजन भएको देखिन्छ। प्रति व्यक्ति आय दैनिक २० डलर भन्दा माथि हुनेहरूलाई सम्पन्न वर्ग मानिन्छ। हाम्रो देशमा १ लाख सम्पन्न वर्गभित्र पर्दछन्। दैनिक दुई डलरदेखि २० डलरसम्म प्रतिव्यक्ति आए हुनेहरू मध्यम वर्गमा पर्छन्। यो वर्ग विभिन्न तथ्याङ्क अनुसार २३प्रतिशत रहेको छ। त्यसैगरी दैनिक दुई डलर भन्दा कम प्रतिव्यक्ति आय हुनेहरू विपन्न वर्गमा पर्दछन्। सम्पन्न वर्गहरू नेपालको सन्दर्भमा हरेक हिसाबले अझ बढी सबल बन्दै गएको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राज्यको सम्पूर्ण शक्ति यी वर्गको हातमा रहेको देखिन्छ। पैसा र पावरको दुरुपयोग गरी विभिन्न विकृति पनि मौलाएको देखिन्छ । सम्पन्न वर्गले मध्यम वर्ग र विशेषगरी विपन्न वर्गलाई हरेक हिसाबले अगाडि बढाउन साथ सपोर्ट दिनुपर्ने हुन्छ। तर विभिन्न कोणबाट शोषण भइ...
अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । आज यहाँ सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबसाल्ने जिकिर गरे ।   गृहमन्त्री लेखकले अगाडि भन्नुभयो,“गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।” उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीत...
रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो  ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ । ...
वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै

वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं वृद्ध भत्ताको उमेर ७० वर्ष बनाइने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । दलित ज्येष्ठ नागरिक, साविक कर्णाली क्षेत्र, विधवा, सम्बन्धविच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा ६० वर्ष मा भत्ता दिइँदै आएको छ । त्यस्तै लोपोन्मुख आदिवासी जनजाति, पूर्ण तथा अति अशक्त अपाङ्गतालाई पनि मासिक भत्ता दिइन्छ । कार्ययोजना अनुसार भत्ताका लागि राष्ट्रिय परिचयपत्र पनि अनिवार्य गरिने छ । यसको कार्यान्वयनको समय सीमा एक वर्ष तोकिएको छ । यस्तै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने समेत कार्ययोजनामा उल्लेख छ । सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको तया...
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पबाट भएको क्षतिबारे केही जानकारी नआएको र यसबारे बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले  जानकारी दिए । ...
अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् । “बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ...
न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आज आदेश आउने

न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आज आदेश आउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् ।  सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षमा रहेको रविका वकिलहरूको भनाइ छ । ...
लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा

लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
८ जेठ, बुटवल । लुम्बिनी लुम्बिनी प्रदेशका १३ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् । विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् । यद्यपि एमाले र कांग्रेसका प्रभावशाली मन्त्रीहरुको समन्वयमा स्वास्थ्यमन्त्री सारुले कार्यकर्ताहरुलाई नियुक्ति दिएको स्रोतले बतायो । स्वास्थ्य मन्त्रालयले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । प्रदेश सरकारका एक मन्त्रीले अस्पताल विकास समिति सदस्यहरु समेत नियुक्त गरिसकेपछि एकैपटक निर्णय सार्वजनिक हुने बताए ।स्रोतका अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छ...
हिमाली क्षेत्रमा सरदरभन्दा बढी वर्षाको संकेत

हिमाली क्षेत्रमा सरदरभन्दा बढी वर्षाको संकेत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ । हिउँ पर्ने ठाउँमा वर्षा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् । जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको २०८२ सालको मनसुन प्रक्षेपण नक्सामा मधेश प्रदेशका केही भूभागमा मात्र सरदर वर्षा हुने भनेर हरियो रंगले संकेत गरिएको छ । तर, पूर्वदेखि पश्चिमसम्मका अरू सबै भूभागमा हल्का नीलो र गाढा नीलो रंग देखिन्छ । यसले ती क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको संकेत गरेको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी अनलाइनखबरसँग भन्छन्, ‘सरदरभन्दा बढी वर्षा हुने सम्भावना हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा समेत देखिनु चिन्ताजनक हो ।’ नेपालको भौगोलिक बनावट अनुसार हिमाली...