वैदेशिक व्यापारमा सुधार, साउनमा निर्यात दोब्बर
काठमाडौंलामो समयदेखि सुस्ताएको मुलुकको वैदेशिक व्यापार फेरि लयमा फर्किएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।गत वर्ष सोही महिनामा १२ अर्ब २२ करोडको मात्र निर्यात भएकोमा यस वर्ष ११ अर्ब ७१ करोड रुपैयाँले बढी वस्तु विदेश पठाइएको भन्सार विभागले जनाएको छ। प्रमुख निर्यात वस्तुमध्ये भटमासको तेल पहिलो स्थानमा छ, जसको मात्रै मूल्य साढे १० अर्ब रुपैयाँभन्दा बढी छ।निर्यात वृद्धिलाई व्यवसायीहरूले नीतिगत सुधार र बजार विस्तारसँग जोडिरहेका छन्। “भटमासको तेलकै कारण निर्यातमा चमत्कारी वृद्धि भएको हो, तर यो टिकाउ हुन सक्छ भन्ने ग्यारेन्टी छैन,” निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए।
भटमास तेल उत्पादनका लागि चाहिने कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने भएकाले निर्यात वृद्धि ...








