आगजनी र तोडफोडबाट बैंकहरूको सवा खर्ब ऋण लगानी प्रभावित, बैंकलाई ३७ अर्ब प्रत्यक्ष क्षति
काठमाडौँभदौ २३ को प्रदर्शन र २४ को तोडफोडबाट बैंक तथा वित्तीय संस्थाको करिब १ खर्ब २० अर्ब ऋण प्रभावित भएको छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले संयुक्त रूपमा संकलन गरेको तथ्यांकले उल्लिखित रकम बराबरको ऋण प्रभावित भएको देखिएको छ । यसमध्ये ९५ प्रतिशतभन्दा बढी वाणिज्य बैंकहरूको ऋण रहेको स्रोतले बताएको छ ।प्रदर्शनका क्रममा ८ सय ७३ जना ऋणीको उद्योग, व्यवसाय, प्रतिष्ठानलगायतमा प्रत्यक्ष प्रभावित भएको र जसमा ३७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । एउटै ऋणीले एकभन्दा बढी बैंकबाट ऋण लिएकाले उल्लिखित संख्यामा केही ऋण दोहोरिएका छन् । यसरी दोहोरिएको संख्या घटाउँदा प्रभावित ऋणी ६ सय हाराहारी हुने स्रोतले बताएको छ । त्यसो त आन्दोलनमा ठूलो क्षति पुगेका कतिपय उद्योग व्यवसायले बैंकबाट ऋण लिएका छैनन् । ऋण लिए पनि निकै कम मात्र छ । यस कारण बैंकको ऋणबाट मात्र...








