Breaking news 1

लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी तथा लुटपाट गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन थालेको छ । आन्दोलन भएयता अहिलेसम्म उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)बाट मात्रै १३२ जना व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यानदेखि लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मको कसुरका व्यक्तिहरू पक्राउ परेर कारबाहीको प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन् । विभिन्न कसुरका उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् । २ जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति रहेको एसपी ...
तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । ...
दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएका छन्। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका...
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

Breaking news 1, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टर...
अवस्थालाई सामान्यीकरण गर्दै भयरहित ढंगले चुनाव सम्पन्न गर्न सरकार लागि परेको छ: प्रधानमन्त्री कार्की

अवस्थालाई सामान्यीकरण गर्दै भयरहित ढंगले चुनाव सम्पन्न गर्न सरकार लागि परेको छ: प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशिला कार्कीले विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार दत्तचित्त भएर लागेको बताएकी छन् ।उनले परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा रहेको बताउदै निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने नभएको बताएकी छन् । उनले भनिन्- 'नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको छ ।'जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पुरा गर्न समाजका सबै पक्षको उत्तिकै भूमिका रहेको बताउदै प्रधानमन्त्री कार्कीले यसमा सहाकार्य गर्दै सचेत नागरिकको भूमिका निर्वाह गर्न आव्हान गरेकी छन् । उनले समाजमा...
आज गाईंगोरु र गोबर्द्धन पूजा

आज गाईंगोरु र गोबर्द्धन पूजा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले हिजो नै गाइको पूजा गरेका छन् । यस्तै आज नै गोरु, किसान र हलोको पनि पूजा गरिँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।...
प्रधानमन्त्री कार्की र दलका नेताबीच निर्वाचन केन्द्रित बैठक

प्रधानमन्त्री कार्की र दलका नेताबीच निर्वाचन केन्द्रित बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारको सगरमाथा कक्षमा बैठक सुरु भएको छ ।२१ फागुनमा तोकिएको चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट दलहरूलाई बोलाइएको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् । ...
विकासे मन्त्रालयका १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती

विकासे मन्त्रालयका १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेन–जीको प्रदर्शनपछि गठित नयाँ सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेटमध्ये करिब सवा खर्ब रुपैयाँ कटौती गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले कार्यकार सम्हालेपछि पहिलो पहिलो निर्णयका रुपमा चालु वर्षको बजेटमा कुन–कुन आयोजनाको बजेट कटौती गर्न सकिन्छ भनेर अध्ययन गर्न समिति गठन गरेका थिए । असोज ६ को मन्त्रिपरिषद् बैठकले पनि केही आयोजनाको बजेट कटौति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले विभिन्न करिब एक दर्जन विकासे मन्त्रालय अन्तर्गतका आयोजनाको १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती गरेको हो । यद्यपि सरकारले त्यसलाई बजेट कटौती नभनेर रोक्का (स्थगन) भन्दै आएको छ । अहिलेलाई स्थगन भनिए पनि यो बजेट कटौती नै भएको स्रोतले जनाएको छ । तयारी र स्रोत सुनिश्चितता नभएका, तुलनात्मक रूपमा कम आवश्यक, पहुँच र दबाबका आधारमा बजेटमा राखिएका, आयोजना बैंकभन्दा बाहिर रहेका आयोजन...
सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ

सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ एमाले अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारको प्रधानमन्त्री रहेकै बेला आफ्नो फोन सेनाले ‘सिज’ गरेको (जफत गरेको) दाबी गरेका छन् ।प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेपछि सेनाले २४ भदौको अपराह्न ओलीलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । आफू सेनाको सुरक्षाभित्र गएपछि तीन दिनसम्म सञ्चार सम्पर्कबाट अलग राखिएको ओलीको भनाइ छ । २३ भदौको जेन–जी आन्दोलनमा सरकारले व्यापक दमन गरेको थियो भने २४ भदौमा प्रदर्शन हिंसात्मक बनेको थियो । प्रदर्शनकारीले देशभर सरकारी र निजी संरचनामा तोडफोड, लुटपाट र आगजनी मच्चाएपछि ओलीले अपराह्न करिब २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापत्र सैनिक अधिकारीमार्फत राष्ट्रपति कार्यालय पठाइएको थियो । त्यसलगत्तै उनलाई सेनाले हेलिकोप्टर चढाएर मकवानपुरको सुपारीटार ब्यारेक पुर्‍याएको थियो । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँ...
दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारका विषयमा छलफल गर्न सरकारी टोली चीन जाने तयारीमा छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान लागेको हो । चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।तर, अन्वेषणको अन्तिम प्रतिवेदन चीनले अझै दिएको छैन । मन्त्रालयका अनुसार चिनियाँ टोलीले आगामी डिसेम्बरमा प्रतिवेदन दिने जनाएको छ । सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभ...