Breaking news 1

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ । जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । अहिलेसम्म सात लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मङ्सिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्...
प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा जेनजीको ज्ञापनपत्र

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा जेनजीको ज्ञापनपत्र

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै जेनजी समूहले फिर्ता बोलाउन माग गरेका छन् । बिहीबार २३ जेनजी समूहले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् ।भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूको तर्क छ । यस्तै आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति ...
एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

Breaking news 1, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । आजको खेल यो सिजनको पाँचौ खेल हो । लुम्बिनीका लागि आजको खेल यो सिजनको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । अस्ति चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । अघिल्लो संस्करणको एनपीएलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो सिजनमा लुम्बिनी अंक तालिकाको पुछारमा रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी आजको खेलबाट राम्रो शुरूवात गर्ने योजनामा छ । तर यसअघि नै कर्णालीलाई हराइसकेको कुशल मल्लको कप्तानीमा रहको चितवन उच्च मनोबलका साथ मैदान उत्रदैछ । लुम्बिनीले यसपटक ब्याटिङ अलराउन्डर अफगानिस्तानका मोहमद नैबलाई टोलीमा भित्र्याएको छ भने चितवनबाट इंग्लयाण्डका रबि ...
सिमरा विमानस्थल क्षेत्रमा झडप, बेलुकी ८ बजेसम्म कर्फ्यु

सिमरा विमानस्थल क्षेत्रमा झडप, बेलुकी ८ बजेसम्म कर्फ्यु

Breaking news 1, विविध, समाचार
काठमाण्डाै – बाराको सिमरा विमानस्थल क्षेत्रमा झडप भएपछि कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो । विमानस्थल आसपास क्षेत्रमा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको हो । आज बारामा हुने पार्टीको कार्यक्रमका लागि एमाले नेताहरू शङ्कर पोखरेल, महेश बस्नेतलगायत सिमरा जाने कार्यक्रम थियो । झडपपछि सिमरा विमानस्थलमा काठमाण्डौबाट विमान गएको छैन । ...
देशभरको मौसम सफा : कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सफा : कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – आज देशभरको मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ । देशभर चिसो बढेको ...
वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ । भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो । यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।  ...
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो। योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ। ‘हामीले आवश्यक संख्याको कुरा गरेका छौँ। अब यसमा सरकारले दिने बजेट अनुसार कति समयका लागि खटाउने भन्ने निर्णय हुन्छ,’ केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने। यसअघि निर्वाचनमा निश्चित समयका लागि खटाइने सुरक्षा जनशक्तिलाई म्यादी प्रहरी भनिँदै आएको थियो। तर यसपटकदेखि म्यादी प्रहरी नभनेर निर्वाचन सुरक्षा प्रहरी भन्ने पनि निर्णय भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिव आनन्द क...

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालले अमेरिकालाई १० विकेटले हरायाे

Breaking news 1, खेलकुद, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हराएको छ । अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै १ विकेट पनि नगुमाई भेटायो । नेपालकी दिल्लीसरा धमलाले १२ रन बनाइन् । नेपालले ६ रन अतिरिक्त पायो । यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अमेरिकाले १३ रन अतिरिक्त पाएको थियो । नेपालकी दिल्लीसरा धमलाले ३ विकेट लिइन् । प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो । यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलङ्कालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो । ...
चिसो बढ्दै : तराईका केही भागमा हुस्सु

चिसो बढ्दै : तराईका केही भागमा हुस्सु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाण्डौ देशभर चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको हो । काठमाण्डौमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ । त्यस्तै बिहान जुम्लाको न्यूनतम तापक्रम बिहान माइनस २.९ डिग्री सेल्सियस मापन भएको छ । आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ ।त्यस्तै कर्णालीको पनि उच्च क्षेत्रमा आंशिक बदली छ । तराईका केही भागमा हुस्सु लागेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै छ । आज दिउँसो प...
सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए ।उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए । ...