Breaking news 1

आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन् ।प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् । ...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखाला देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढेको हो ।‘होल्डिङ सेन्टरहरूमा बसिरहेका व्यक्तिहरूमा झाडापखाला देखिएको छ । ठूलो आउटब्रेक वा महामारीकै रूप लिने गरी भने फैलिएको छैन,’ अधिकारीले भने, ‘अस्थायी बसोबासका कारण संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाएका छौँ ।’बाढी-पहिरोपछि प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिने जोखिम बढ्छ । बाढीका कारण खानेपानीका मुहान तथा खाद्य पदार्थ दूषित हुने भएकाले पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । विशेषगरी झाडापखाला, हैजा, रुघाखोकी, टाइफाइड, ...
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ ।राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरेको जनाएको हो ।गत २०८३ भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीका कारण नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका तर विपद्का कारण निर्धारित समयभित्र विवरण पेश गर्न नसकेका कर्मचारीलाई म्याद थप गरिएको किताबखानाले जनाएको छ । किताबखानाले थप गरिएको म्यादभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण पेश गर्न नस...
सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै उनले हदबन्दीसम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । घरजग्गाको क्षेत्रमा ५० वर्षसम्म पुन:संशोधन गर्न नपर्ने गरी दिगो, नागरिकमैत्री तथा भूगोल सुहाउँदो कानुन निर्माणको प्रक्रिया अघि बढेको उनले बताए ।सभामुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त्य गरी देशमै मर्यादित रोजगारी सिर्जना गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले घरजग्गा व्यवसाय आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने, सिमेन्ट, छड, बैङ्क, बिमा, र पूर्वाधार निर्माणजस्ता कैयौँ क्षेत्रलाई जोड्ने प्रमुख आधार भएको बताए ।नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गा, आवा...
आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
बुटवलअसोज १ अर्थात सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउने परम्परा रहेको छ ।यस पर्वमा विशेषगरी कालिगढ, मेकानिक, चालक, प्राविधिक तथा उद्योग–व्यवसायसँग आबद्ध व्यक्तिहरूले आफूले प्रयोग गर्ने औजार र उपकरणको पूजा गर्ने गर्दछन्। आजका दिन पूजा गरिएका उपकरण तथा यन्त्र लामो समयसम्म टिक्ने, कामका क्रममा कम समस्या आउने र कार्यक्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी सुरक्षित राखेको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानिएको र त्यसै समयदेखि उनको पूजा गर्ने परम्परा बसेको नेपाल ...
सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने आन्देश गरेको छ । संविधान विपरीत हुने गरी प्रतिनिधिसभा नियमावलीमा राखिएका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित ५ न्यायाधीशको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १४० को उपनियम ११ र नियम २५९ कार्यान्वयन नगर्नू भनेको हो ।प्रतिनिधिसभा नियमावली २०८३ को नियम १४० को उपनियम ११ मा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक दुवै सदनमा तत्काल कायम रहेको सम्पूर्ण सदस्यको दुई तिहाइ पुगेमा सभामुखले प्रमाणीकरण गरी राष्ट्रपतिकहाँ पठाउने व्यवस्था थियो ।त्यसैगरी, नियम २५९ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिए पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रुपमा विशेष कानुनसरह ला...
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

Breaking news 1, समाचार
काठमाडौँमुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो। त्यस्तै आजै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत साउन २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। ...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंसंघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्ने छ ।आजको बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।यस्तै, आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ ।आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन ’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेप...
आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभावको कारण देखाएर सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णय कडाइका साथ लागु गरिएको छ । तर, मंगलबार (भदौ ३०) प्रतिनिधिसभा बैठकमा आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न मौखिक प्रस्ताव गरिएको छ ।राप्रपा सांसद ताहिर अली भाटले सातामा दुई दिन बिदा दिँदा शैक्षिक संस्थामा अध्ययन अध्यापन प्रभावित भएको भन्दै आइतबारको बिदा कटौती गर्न मौखिक प्रस्ताव गरेका हुन् । उनले सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।‘आइतबारको बिदा कसैलाई चाहिएको छैन । शैक्षिक संस्थादेखि हरेक क्षेत्रमा आइतबारको बिदाले नकारात्मक असर पारिरहेको छ। त्यसकारण सरकारले आइतवारको बिदा कटौती गरेर पहिलेकै शनिवारको मात्रै बिदा कायम गरोस्,’ बैठकक...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, राजनीति
काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३० जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा सबैभन्दा धेरै ३६४ वटा शव भेटिएका छन् । त्यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाण्डौमा दुई जनाको ज्यान गएको छ । भेटिएका शवमध्ये १०४ वटाको सनाखत भइसकेको छ । बाँकीको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ । बाढीपछि १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना...