डिम्ब प्रकरण : महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा कारण देखाउ आदेश
काठमान्डौ
गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको घटनामा होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सोमबार कारण देखाउन आदेश जारी भएको छ ।सुनुवाइका क्रममा अदालतले अग्राधिकार दिँदै कारण देखाउन आदेश जारी गरेको हो ।
अधिवक्ता अंकिता त्रिपाठीले आइतबार दर्ता गरेको रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, महान्यायाधिवक्ता कार्यालय, उच्च सरकारी वकिल कार्यालय ललितपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) विपक्षी बनाइएको छ ।
रिटमा उल्लेख छ, “नाबालिकाहरूको उमेर ढाँटेर, अभिभावकको अनुमति बिना, बेहोस बनाएर र ९ घण्टाभन्दा बढी समय खानपान नदिई, योनीमार्गमार्फत चिकित्सकीय उपकरण प्रयोग गरी डिम्बाशयबाट डिम्ब निकालिएको घटना जबरजस्ती करणीको दायरामा पर्छ ।”
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) अनुसा...







