एनपीएल–२ : पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित


काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे ।

एडमले ६३ बलमा ८१ रन बनाए । ३३ रनमा ४ विकेट गुमाएको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए । जिम्मीले अर्धशतक प्रहार गरे । उनी ३२ बलमा ५१ रनमा अविजित रहे । दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए ।

किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे । बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईदुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए । लुम्बिनीले लगातार तेस्रो हारपछि जित निकालेको छ । पोखराले भने एनपीएलमा तेस्रो हार बेहोरेको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...