माघ १ गतेदेखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने
काठमाडौंनेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागु हुने गरी ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा प्रतिबन्ध लगाउने यस अघि गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पत्र जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित यी सूचनाहरू सोही बमोजिम कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई सूचित गरेको छ ।नगद कारोबारको नयाँ सीमा र सर्तहरू सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को अधिकार प्रयोग गर्दै सरकारले नगद कारोबारको सीमा तोकेको थियो । नयाँ व्यवस्थाअनुसार अब कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा, वस्तु वा अन्य कुनै पन...







