Breaking news 1

चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्‍याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गरेको जुलुस, बैठक, कोणसभा वा अन्य कार्यक्रममा बाधा पुर्‍याउन नहुनेछ। उल्लंघन भएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ। ...
निर्वाचनको विपक्षमा १२ समूह सक्रिय, निगरानीमा राजावादीदेखि समाजवादीसम्म

निर्वाचनको विपक्षमा १२ समूह सक्रिय, निगरानीमा राजावादीदेखि समाजवादीसम्म

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं‘चुनाव बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसाय जस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई-चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ ।’ ९ फागुनमा बुटवल पुगेर प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार समूहमाथि गम्भीर आरोप लगाउँदै बहिष्कार गर्नेलाई चन्दासँग जोडिन् । संगठन नभएकाहरू आफ्नो पार्टीको अस्तित्व राख्न र यही मौकामा आर्थिक उपार्जन लाग्ने भएकाले चुनाव बहिष्कार एउटा अवसर जस्तो भएको संकेत उनले गरिन् ।चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले निर्देशन दिए जस्तै सुरक्षा निकायहरूले पनि चुनाव बिथोल्ने समूहहरूको निगरानी गरिरहेको बताएको छ ।सुरक्षा स्रोतका अनुसार अहिले विभिन्न १२ वटा समूह चुनाव बहिष्कारमा लागेका...
निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदान स्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ । साथै बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ । बैठकले जेनजी परिषद् गठन ...
अमेरिकामा हिमपात: ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

अमेरिकामा हिमपात: ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, समाचार
काठमाडौंअमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ । रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ । न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी दिएको छ ।पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् । विशेष गरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् ।हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि नर्दन मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका केही क्षेत्रम...
मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ: केपी ओली

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ: केपी ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने दाबी गरेका छन् । सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सरकारबाट बाहिरिएपछि देशमा विकास निर्माणका काम ठप्प हुने गरेको जिकिर गरे ।उनका अनुसार आफू नेतृत्वमा आउँदा तीव्र गतिमा काम अघि बढ्ने र त्यसबाट विरोधीहरू असहज हुने गर्छन् । ‘मैले काम गर्न थाल्छु । काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ । काम रोकिन्छ, काम बन्द हुन्छ । फेरि म आउनुपर्छ ।’ उनले थपे, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’ ...
त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, २४ जना घाइते

त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, २४ जना घाइते

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलपोखराबाट काठमाडौ तर्फ जादै गरेको यात्रुबाहक बस मध्यरातमा धादिङमा भएको दुर्घटनामा परेर १७ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ जना यात्रु घाइते भएका छन् ।राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका – ५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मृतक र घाइतेको विवरण भने अझै आएको छैन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानीयहरुले उद्वार गरिरहेको जनाएको छ । ...
फागुन २०, २१ र २२ गते बिदाका लागि अयोगको सरकारलाई सिफारिस

फागुन २०, २१ र २२ गते बिदाका लागि अयोगको सरकारलाई सिफारिस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ। त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। ‍‍यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ। ...
सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह

सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने । उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए । ...
निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा शनिबार लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख सचिव काप्री र पृत्तनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस...
लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री सुशीला कार्की

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री सुशीला कार्की

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलप्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् ।त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ,कोषका कार्यकारी सदस्य श्याम रोक्का,विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले औपचारिकरूपमा स्वागत गरेका थिए ।भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर...