सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह


काठमाडौं
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।
निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’
उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने । उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...