निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


बुटवल
प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा शनिबार लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख सचिव काप्री र पृत्तनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिइन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइन् । उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन पनि निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिइन् ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...