Breaking news 1

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ । आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लु...
अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंअमेरिकाले इरानी झण्डा बोकेको एक मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार ‘टोस्का’ नामक उक्त जहाज होर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रोकिएको हो। सामाजिक सञ्जालमार्फत ट्रम्पले जहाज पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहेको र त्यसमा रहेका सामग्रीबारे विस्तृत जाँच भइरहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त जहाजले नौसैनिक नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको थियो। ट्रम्पले जहाजको आकार निकै ठूलो रहेको दाबी गर्दै करिब ९०० फिट लम्बाइको उक्त कार्गो जहाज विमानवाहक जहाजजत्तिकै भारी भएको उल्लेख गरेका छन्। चेतावनी दिए पनि जहाज नरोकेपछि अमेरिकी नौसेनाले कारबाही गर्दै नियन्त्रणमा लिएको उनको भनाइ छ। यसैबीच अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) ले सार्वजनिक गरेको भिडियोमा एक नौसेना जहाजले कार्गो जहाजलाई रोकेको र गोली प्रहार गरेको दृश्य देखिएको छ। ...
जितगढी महोत्सव सम्पन्न: जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल गरिने

जितगढी महोत्सव सम्पन्न: जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल गरिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
बुटवलनेपाल अंग्रेज युद्धमा नेपालले विजय हासिल गरेको एकमात्र किल्ला बुटवलको जितगढी किल्लाको विजय उत्सव सम्पन्न भएको छ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताए । बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न निरन्तर पहल भइरहेको बताका छन्।यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’उनले भने,‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ ।’उनले जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्ता...
गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ र अनुसन्धान गर्न ,जेन-जी मुभमेन्टको माग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ र अनुसन्धान गर्न ,जेन-जी मुभमेन्टको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस वक्तव्य जारी गर्दै जेन–जी मुभमेन्टले मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो । वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ । त्यस्तै, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परि...
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वी...
स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंसामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजमाथि इरानी सेनाले गोलीबारी गरेको घटनाप्रति भारतले कडा विरोध जनाएको छ। शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले भारतीय कार्गो जहाज ुजग अर्णवु र तेल ट्याङ्कर ‘सनमार हेराल्ड’लाई आफ्नो निर्धारित मार्ग परिवर्तन गर्न बाध्य पारेको थियो ।जहाजहरूको आवागमन निगरानी गर्ने ‘ट्याङ्कर ट्रयाकर्स’का अनुसार, च्यानल १६ को अडियो रेकर्डिङले इरानी नौसेनाले ती जहाजहरूलाई पछाडि हट्न दबाब दिने क्रममा गोलीबारी समेत गरेको पुष्टि गरेको छ । मरिन ट्र्याकिङ डेटाका अनुसार लार्क टापु पार गरेपछि ती जहाजहरूलाई इरानी सेनाले अवरोध पुऱ्याएपछि यु–टर्न लिएर फर्कन बाध्य भएका थिए। यस गम्भीर घटनालाई लिएर भारत सरकारले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई आफ्नो कडा आपत्ति र गम्भीर चिन्ता दर्ज गराएको छ। अन्तर्राष्ट्रिय...
सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक राखेका छन् । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सभापति लामिछानेले सचिवालयको बैठक राखेका हुन् । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) माथि छलफल गर्न बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।झाका अनुसार बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुने छ । बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने झाले बताए । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने एजेण्डामा उल्लेख छ।उनका अनुसार पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र ...
आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी

आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंआज शनिबार देशभर मौसम मिश्रित रहने देखिएको छ। केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली भई वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईका अधिकांश क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। मधेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यसैबीच मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित अन्...
सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
रुपन्देही भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्थानियहरुमा आक्रोश देखिएको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार नतिरी सामान भित्रिने प्रवृत्ति बढेपछि भैरहवा भन्सार कार्यालयले रु १सय भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएसंगै स्थानियहरुमा रोष उत्पन्न भएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई १०० रुपैया भन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने जानकारी दिइरहेको छ । भन्सार कार्यालयका अनुसार सरकारको निर्देशन र स्थानीय प्रशासनको समन्वयमा यसअघि फितलो बनेको व्यवस्था पुनः प्रभावकारी बनाइएको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले अघिल्लो सातादेखि नियम पूर्ण रुपमा लागू गरिएको बताउँदै सीमाबाट फर्किने उपभोक्ताल...
विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले दोहोरो तथा साना टुक्रे आयोजनाहरूमा खर्च छर्ने प्रवृत्तिको अन्त्य गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत निर्धारित थ्रेस होल्डको आधारमा न्यूनतम सीमा अनुसार बजेट विनियोजनको व्यवस्था गर्ने बताएको हो । विनियोजन कुशलता एवं बजेट कार्यान्वयनको प्रभावकारीताका लागि तीनवटै सरकारले आयोजना बैंकको अवधारणालाई अनिवार्य कार्यान्वयन गर्ने भएका हुन् । बजेट निर्माणको सन्दर्भमा बिहीबार सिंहदरबारमा बसेको अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको १२औँ बैठकमा स्थानीय पालिका, प्रदेश सरकारका प्रतिनिधिसमेतको सहभागितामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको बैठकले १४ वटा साझा धारणा तय गरेको हो । तीनवटै तहको सरकारको विकास निर्माणको गतिविधि अनिवार्य रूपमा आयोजना बैंकमार्फत नै...