अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत


काठमाडौं
अमेरिकाले इरानी झण्डा बोकेको एक मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार ‘टोस्का’ नामक उक्त जहाज होर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रोकिएको हो।

सामाजिक सञ्जालमार्फत ट्रम्पले जहाज पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहेको र त्यसमा रहेका सामग्रीबारे विस्तृत जाँच भइरहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त जहाजले नौसैनिक नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको थियो।

ट्रम्पले जहाजको आकार निकै ठूलो रहेको दाबी गर्दै करिब ९०० फिट लम्बाइको उक्त कार्गो जहाज विमानवाहक जहाजजत्तिकै भारी भएको उल्लेख गरेका छन्। चेतावनी दिए पनि जहाज नरोकेपछि अमेरिकी नौसेनाले कारबाही गर्दै नियन्त्रणमा लिएको उनको भनाइ छ।

यसैबीच अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) ले सार्वजनिक गरेको भिडियोमा एक नौसेना जहाजले कार्गो जहाजलाई रोकेको र गोली प्रहार गरेको दृश्य देखिएको छ।

यो घटनासँगै मध्यपूर्व क्षेत्रमा अमेरिका–इरानबीचको तनाव थप चर्किने संकेत देखिएको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...