Breaking news 1

मिराज ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप, निकोलस भुसाललगायत पक्राउ

मिराज ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप, निकोलस भुसाललगायत पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी अभियन्ता मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा. निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ ।यसअघि प्रहरीले आन्दोलनका लागि उपस्थिति हुन थालेपछि अनुमति नलिएर आन्दोलन गर्न नपाइने भन्दै माइकिङ गरेको थियो । ढुंगाना समुहले आजको माइतीघरमा प्रदर्शन गर्न प्रशासनिक अनुमति नलिएकोले अनुमति नलिएर कार्यक्रम गर्न नपाइने प्रहरीले माइकिङ गरेर जानकारी दिएको थियो । ढुंगाना समुहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । अहिले माइतीघरमा उपस्थित भएका युवाहरुले नाराबाजी गरिरहेका छन् भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास शुरु गरेको छ । युवाहरुले सुशिला कार्कीको राजीनामा मागिरहेका छन् भने जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेहरुलाई कारवाहीको माग ...
प्रधानमन्त्रीसँग रविको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा केन्द्रित वनौं

प्रधानमन्त्रीसँग रविको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा केन्द्रित वनौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्।आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीब्र बनाउन पनि लामिछानेले आग्रह गरे। उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। जवाफमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन्। उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै के...
आज विश्व ध्यान दिवस

आज विश्व ध्यान दिवस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसंयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो।संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ। गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो। नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ। एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो। सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो...
जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकारले मर्म अनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकारको योजना

जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकारले मर्म अनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकारको योजना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक तोकेको छ ।ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो। बैठकले कार्यकारी समिति बिस्तारको लागि मिरज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् । वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ । जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् । सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जि आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ। सडकमा रहेका ...
सरकारको १०० दिन: फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम

सरकारको १०० दिन: फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् ।जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताइन् । “मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “ एक खर्ब १९ अर्ब रुपियाँ बराबरको बजेट पुनःप्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।”‘हेलो सरकार’म...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ पुस, पोखरा । कास्कीको राजनीतिमा चर्चामा आइरहनेमध्येको एउटा नाम हो, कुमार खड्का । नेपाली कांग्रेसबाट प्रभावित भएर विद्यार्थी आन्दोलन हुँदै राजनीति थालेका खड्काले स्ववियु सभापति हुँदै विभिन्न समयमा कास्कीको राजनीतिलाई तरंगित पार्दै आएका छन् । इन्जिनियरिङका विद्यार्थी खड्का नेपाल विद्यार्थी संघबाट इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको स्ववियु सभापति भएपछि बेलायतमा केही वर्ष बिताएर नेपाल फर्के । माओवादी शान्ति प्रक्रिया हुँदै संविधान सभाको निर्वाचनमार्फत स्थापित भएर जातीय पहिचानसहितको राज्यको वकालत गर्न थालेपछि बेलायतबाट फर्किएका खड्का पोखरामा त्यसको विपक्षमा सक्रिय हुन थाले । क्षत्रीहरूलाई संगठित र आन्दोलित गर्दै आफूसमेत चर्चामा आएपछि अखण्ड नेपाल पार्टी खोले, समानुपातिकबाट एक सिट पाउँदा आफैं दोस्रो संविधानसभामा छिरे र मन्त्रीसमेत बने । उनीहरूले पोखरामा महायज्ञसमेत लगाए र न...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ । त्यस्तै हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ भने देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।त्यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...
रवि लामिछाने रिहा: अदालतले अघि सार्यो यी ५ महत्वपूर्ण सर्त

रवि लामिछाने रिहा: अदालतले अघि सार्यो यी ५ महत्वपूर्ण सर्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउने, बैंक ग्यारेन्टी राख्ने लगायत ५ वटा कडा सर्त अघि सारेको छ । बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो । अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ । ...
मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौंप्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बिहानैदेखि बोक्लो हुस्सु सहित शीतलहर चलेपछि शुक्रबार विमानस्थलहरु खुल्न नसकेका हुन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज मध्यान्हसम्म उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ ।तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक तर्मिनलमा यात्रुहरुको भीड लागेको छ । ...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाण्डौ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...