Breaking news 1

लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भाव...
सरकारी विज्ञापन निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले असार ३० गते फैसला सुनाउने

सरकारी विज्ञापन निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले असार ३० गते फैसला सुनाउने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनिजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन उपलब्ध नगराउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले आगामी असार ३० गते फैसला सुनाउने भएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिनसम्म चलेको बहस सकिएपछि फैसलाका लागि उक्त मिति तोकिएको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ गते सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश, स्थानीय तह र सार्वजनिक कोषबाट सञ्चालित सबै निकायका विज्ञापन तथा सूचनाहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रशारण गर्ने परिपत्र गरेको थियो। सरकारको यो कदमले निजी मिडियाको हक खोसिएको भन्दै नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले चैत २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।दुई दिनसम्म चलेको बहसमा नेपाल मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सत...
एडीबी अध्यक्ष मासातो कान्दाको आउँदा सरकारले गर्‍यो २५ अर्बको ऋण सम्झौता

एडीबी अध्यक्ष मासातो कान्दाको आउँदा सरकारले गर्‍यो २५ अर्बको ऋण सम्झौता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंएसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा २५ अर्बको ऋण सम्झाैता भएको छ । एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झाैता भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २) का लागि सो ऋण परिचालन गर्न लागेको हो ।अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार ढल व्यवस्थापन सम्बन्धी आयोजनामा ११ करोड ५० लाख अमेरिकी डलर र आपूर्ति ...
कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँबैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ । यस पटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ । बजेटले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य तय गरेको छ । बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ । विगतका वर्षमा मौद्रिक नीतिमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो । यस वर्ष चालु आर्थिक वर्षको मौद्रिक नी...
३ सय ४० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै कित्ताकाट

३ सय ४० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै कित्ताकाट

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले भू-उपयोग नियमावली २०७९ तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा कित्ताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी १ साउनदेखि पुनः कित्ताकाट रोकिने भएको छ । यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समयसीमा मात्र दिइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ । उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वतः कित्ताकाट रोकिने कानुनी व्यवस्था छ । मुलुकभरका ७ सय ५३ पालिकामध्ये ३ सय ४० वटाले मात्रै कृषि, औद्योगिकलगायत १० क्षेत्रमा जमिनको वर्गीकरण गरेका छन् । अझै पनि ४ सय १३ पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन । भू-उपयोग ऐन, २०७६ र नियमावली २०७९ जारी भएयता वर्गीकरण नगरेका पालिकामा कित्ताकाट गर्न पाइँदैन ।पालिक...
सरकारका सय दिनका उपलब्धि सार्वजनिक : सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको ठहर

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको ठहर

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि शनिबार सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती ३४ पृष्ठमा उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले सार्वजनिक गरेको पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपैयाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए ।यसैगरी उनले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी संगठन खारेजीलगायतका सु...
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसंवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभा उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् । सुब्बा पूर्वडीआईजी र वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । ...
‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त नीति स्वीकृत गरेको हाे । उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, ‘इन्फ्लुएन्सर मार्केटिङ’ तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबाट हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ ।सरकारले विज्ञापन बजारमा बढ्दो अन्तरराष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको बढ्दाे प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याइएको जनाएको छ ।नीतिमा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, विज्ञापन क्षेत्रबाट रोजगारी सिर्जना, राजस्व वृद्धि, उपभोक्ताको अधिकार संरक...
विनासलाई कसरी विकास मान्ने !

विनासलाई कसरी विकास मान्ने !

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली मानव सभ्यताको विकास आदिमानवको जंगली युगबाट सुरुवात भई क्रमिक रूपमा कृषि, धातुको प्रयोग, र आधुनिक वैज्ञानिक युगसम्म आइपुगेको छ।यसको मुख्य आधार नदी किनारका उर्वर भूमि थिए, जहाँ मानवले स्थायी बसोबास, भाषा, लिपि र संगठित समाजको निर्माण गरे। मानव सभ्यताको विकासका प्रमुख चरणहरू यस प्रकार छन् ।ढुंगे युग : मानिसहरू घुमन्ते जीवन बिताउँथे र ढुंगाका हतियार प्रयोग गर्थे, आगोको आविष्कार र भाषाको विकास यस युगका प्रमुख उपलब्धि हुन्।कृषि क्रान्ति : मानिसले खेतीपाती र पशुपालन गर्न सिके। यसले घुमन्ते जीवनलाई स्थायी बसोबासमा परिणत गर्‍यो, जसले गर्दा गाउँ र सहरहरू बन्न थाले ।प्राचीन सभ्यता : नाइल, सिन्धु, र मेसोपोटामिया जस्ता नदी किनारहरूमा पहिलो पटक व्यवस्थित सभ्यता (जस्तै: मिश्रको सभ्यता, सिन्धुघाँटीको सभ्यता) को विकास भयो। यसै समयमा लेखन प्रणाली र कानुनको विकास भयो।औद्योगिक क्रान्ति...
एसईई र १२ को नतिजा छिटो प्रकाशन, परीक्षाको विश्वसनीयतामा प्रश्न

एसईई र १२ को नतिजा छिटो प्रकाशन, परीक्षाको विश्वसनीयतामा प्रश्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ एसईई र कक्षा १२ को नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ । बोर्डले परीक्षा सकिएको ४० औं दिनमा कक्षा १२ र २९ औं दिनमा एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसअघि नतिजा प्रकाशनका लागि ७० देखि ९० दिनसम्म लाग्ने गरेको थियो । तर, गत साता नतिजामा चित्त नबुझेको भन्दै कक्षा १२ का परीक्षार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन नै गरे । उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको राजीनामासमेत मागे । नतिजामा चित्त नबुझेका कक्षा १२ का ३२ हजार ८ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए ।एसईईको नतिजामा पनि चित्त नबुझेर ३२ हजार २ सय विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये १ हजार ८ सय ७९ जनाको नतिजामा परिवर्तन आएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाए...