Breaking news 1

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँमंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताएको छ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बज...
निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय

निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले प्रचार प्रसारका लागि दुई साता समय पाउने भएका छन् ।निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार फागुन ४ देखि १८ सम्म निर्वाचन प्रचारप्रसारको समय तय गरिएको छ ।प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय दिइएको भएता पनि उम्मेदवारी दर्ता गरेर निर्वाचन चिह्न लिएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जान सक्नेछन् ।मौन अवधि सुरु भएपछि भने प्रचारप्रसार गर्न पाइने छैन । आयोग निर्वाचन आचारसंहिता पालना गराउन कडाइका साथ प्रस्तुत हुने पनि भण्डारीले बताएका छन् ।२सय७५ सदस्यीय प्रतिनिधिसभामा १सय१० जना समानुपातिक तर्फबाट र १सय६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो । ...
निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज

निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभाको प्रत्यक्षतर्फ १सय६५ निर्वाचन क्षेत्रमा मंगलबार हुने मनोनयनका लागि सोमबार बेलुकीसम्म नेकपाले १सय६५, एमालेले १सय६३ र कांग्रेसले ५० उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेसमा शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् भने उनका पक्षधरका नेताहरु र शेखर कोइराला पक्षका उम्मेदवारसहित छनोट गर्नुपर्ने भएकाले ढिलाइ भएको हो, बाँकी उम्मेदवारको मंगलबार बिहानसम्म टुंगो लाग्ने नेताहरूको भनाइ छ । यस्तै रास्वपाले ९२ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । राप्रपाले नयाँ र पुराना अनुहारलाई मिलाएर टिकट वितरण गरेको छ । एमालेले दाङ–१ र काठमाडौं–४ बाहेक सबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । यस पटक कांग्रेस र नेकपाले नयाँ र युवालाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको जनाएका छन् । एमालेमा पनि यसअघि अवसर नपाएका धेरै नयाँ अनुहारलाई अघि सारिएको छ । यद्यपि फरक मत राख्न...
रुपन्देहीसहित देशभर भोलि हुने मनोनयन दर्ताका लागि दलहरु आयोग जाने कार्यतालिका

रुपन्देहीसहित देशभर भोलि हुने मनोनयन दर्ताका लागि दलहरु आयोग जाने कार्यतालिका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनिर्वाचन आयोले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न मुख्य ५ राजनीतिक दललाई फरक-फरक समय विभाजन गरेको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न भन्दै आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई समय निर्धारण गरेको हो। रुपन्देहीसहित भोेलि देशभर उम्मेदवारी दर्ता हुँदै छ। आयोगका अनुसार सबै भन्दा पहिले रास्वपालाई समय दिइएको छ भने सबैभन्दा पछि कांग्रेसलाई समय तोकिएको छ । रास्वपाका उम्मेदवारले १ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ भने २ बजे राप्रपाका लागि छुट्याइएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवारका लागि साढे २ बजे समय तोकिएको छ भने नेपाली कांग्रेसका उम्मेदवारलाई ३ बजेको समय दिइएको छ। त्यस्तै सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारका लागि ४ बजेका समय तोकिएको छ। ...
समानुपातिक बन्दसूचीका ३ हजार २सय १३ उम्मेदवारको नामावली सार्वजनिक

समानुपातिक बन्दसूचीका ३ हजार २सय १३ उम्मेदवारको नामावली सार्वजनिक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २सय१३ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार यसअघि उम्मेदवारी दिएका २११ जनाको उम्मेदवारी काटिएको छ । समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए । पेस गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेस गरेको र उम्मेदवार आफैंले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको हो ।यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २१३ उम्मेदवारको प्रारम्भिक नामावली कायम भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै आयोगले बन्दसूचिमा नाम समावेश भएकाकुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबि विरोध माघ १० गतेसम्म गर्न सकिने जानकारी दिएको छ । ...
अहिलेको प्रतिस्पर्धा मुलुक वनाउने र जलाउने विच रहेको छ: प्रदिप ज्ञवाली

अहिलेको प्रतिस्पर्धा मुलुक वनाउने र जलाउने विच रहेको छ: प्रदिप ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेको गुल्मी क्षेत्र नम्वर १ बाट एकल उम्मेदवारको सिफारिसमा परेका पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको प्रमुख प्रतिस्पर्धा मुलुक वनाउने र मुलुक जलाउने विच हुने हुनाले आम मतदाता सचेत र संयमित रहनु पर्ने धारणा राखेका छन् ।नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै ज्ञवालीले अहिलेको विषम परिस्थितिमा मुलुकको भाग्य र भविष्य बदल्न सक्ने पार्टी एमाले भएको वताएका छन्।अहिलेको परिस्थिति आउनु देशका पश्चगामी, अस्थिरता चाहने देश भित्रका र अन्तर्राष्ट्रिय शक्तिहरुको कुदृष्टिका कारण रहेको वताए।एमालेले गरेका कामहरुको जानकारी जनतामाझ नपुग्नू, विधी विधानमा नभई पपुलिज्म,लहडमा चल्नु जस्ता विकृति अहिलेको परिस्थितीमा देखिएकोले आमनागरिक र मतदाता सचेत र संयमित हुन आग्रह गरेका छन्।ज्ञवालीले व्यक्ति कतिपटक भन्दा काम कति भयो भन्नेमा महत्वदिन आव...
प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक ,निर्वाचनबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक ,निर्वाचनबारे छलफल हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् । आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् । ...
१ सय २०दिनपछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

१ सय २०दिनपछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो । आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३...
क्यानद्वारा टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

क्यानद्वारा टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ । शनिबार विशेष कार्यक्रम आयोजना गरेर क्यानले विश्वकप खेल्ने टिमको बिदाई गरेको हो । नेपाली टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्ने तालिका छ । जस अनुसार श्रीलंका ए र कोल्ट्ससँग श्रीलंकामा जनवरी २०, जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने छ । त्यस्तै नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।क्यानले विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमदलाई छनौट गरेको छ । आईसीसी विश्वकप आगामी...
निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम हुन्छ, सञ्चार माध्यमले ध्यान दिनुपर्छ: निर्वाचन आयुक्त उप्रेती

निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम हुन्छ, सञ्चार माध्यमले ध्यान दिनुपर्छ: निर्वाचन आयुक्त उप्रेती

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका समयमा विभिन्न समूह, व्यक्ति वा स्वार्थ समूहबाट योजनाबद्ध रूपमा गलत सूचना प्रवाह हुने जोखिम उच्च रहने भएकाले त्यसतर्फ सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ र डिजिटल राइट्स नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’ विषयक अन्तर्क्रियामा उनले निर्वाचनको समयमा सूचनाहरू बिनापुष्टि मिडियामार्फत सम्प्रेषण भएमा त्यसले निर्वाचन प्रक्रिया, मतदाता विश्वास र समग्र लोकतान्त्रिक प्रणालीमै गम्भीर समस्या उत्पन्न गराउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले भने, “समाजमा मिडियाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । विशेषगरी निर्वाचनका समयमा कसैले गलत सूचना दिएर मिडियामा पठाएको खण्डमा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैल...