बुटवल गोलपार्क-वेलहिया ६ लेन सडक निर्माण १ बर्षमा पूरा हुने
श्रीराम ज्ञवाली
बुटवल
रुपन्देहीकाे बेलहिया–बुटवल सडकखण्डको निर्माण एवं विस्तारकार्य गर्नका लागि ६ अर्ब लगानिमा, करिब ८ वर्षअघि बेलहिया–बुटवल सडक विस्तारको काम हात पारेका १२ वटा निर्माण कम्पनिहरु मध्ये १० निर्माण कम्पनिहरुले काम पूरा गरे ।
तथापि बुटवलकाे राजमार्ग चाैराह देखि गाेलपार्क सम्मकाे सडक निर्माणकाे जिम्मा पाएकाे बिरुवा पञ्चकन्या जेभि निर्माण कम्पनि र वेलहिया चाेक देखि वेलहिया वाईपास सम्मकाे सडक निर्माणमा ठेक्का पाएकाे बिरुवा कन्ट्रक्सन निर्माण कम्पनिले ५०प्रतिषत भुक्तानि लिई नाला र पहिलाे पिचकाे काम पूरा गरि , बांकि काम गर्न नसकिने भनी छाडे।
हालसम्म पनि पूरा नगरेको सडकको अवस्था जीर्ण बनाएर अलपत्र पारेपछि अहिले सर्वसाधारण तथा सवारी साधनलाई आवागनमा निकै सास्ती खेप्दै आएको दुःखेसो आमनागरिकसँग छ । यो अवधिमा यहाँका विभिन्न सरोकारवालाहरुले पटक–पटक सम्बन्धित निकायमा बु...







