नीतिप्रधान नभई व्यक्तिप्रधान हुँदा देश अद्याेगतिमा जान्छ


श्रीराम ज्ञवाली

नेपालमा विभिन्न समयमा संविधान ,कानुन जस्ता नीति नियमहरू परिवर्तन भए। समय अनुसार पुराना नीति परिवर्तन भए तर तिनै देश र जनताका लागि परिस्कृत गरिएका नीति नियमहरु हुँदा पनि देश र नागरिकको अवस्था परिवर्तन हुन सकेन। सबै वर्ग ,धर्म ,जात, भाषा ,कला ,संस्कृति ,संस्कारलाई सम्बोधन गरिएको नीति नियम हुँदा पनि सीमित व्यक्तिहरुलाई मात्र रजगज भयो। सर्वसाधारणको अवस्था अझ बढी नाजुक बन्दै गयो। यस विषयमा गम्भीर हुनु आवश्यक छ।

देश र जनताका लागि भनी २००७ साल, २०४७ साल ,२०६२ /६३ सालमा धेरै ठूला आन्दोलनहरु भए । राज्यका व्यवस्था परिवर्तन भए तथापि सिमित व्यक्तिहरुका अलावा आम नागरिकको अवस्था परिवर्तन हुन सकेन । आन्दोलन हुँदा सर्वसाधारणले धेरै धनजनको क्षति भोग्नुपर्यो। तर तिनै नागरिकले व्यवस्था त परिवर्तन गरे तर अवस्था परिवर्तन भएन ।यही पद्धतिबाट राज्यसञ्चालन हुने हो भने धेरै समय शासन सत्ता -शक्तिमा रहेका राणा ,इतिहास बोकेको राजसंस्था हट्यो भने यहि शैलीमा गतिविधि गर्दै जाने हो भने आजका शासकहरुको पनि उही गति नहोला भन्न सकिन्न । यही विषयलाई गम्भीर रुपमा लिई जनता जनार्दन हुन्,जनताको समृद्धि नै देशको समृद्धि हो, राज्य प्रणाली शासन प्रणाली आवश्यक हुनेनै आमनागरिकलाई हो। तिनै नागरिकको भलाइका लागि हो भन्ने शासकहरुले नबुझ्दा र बुझबुचाउँदा देश र नागरिकको अवस्था संकटमा पर्ने र शासकहरूको अस्तित्व नै नरहने गरी व्यवस्था परिवर्तन हुने सम्भावना हुन्छ । मुलुक पटक-पटक चरम द्वन्द्वबाट गुज्रिन बाध्य हुन्छ,जनधनको क्षति हुन्छ, मुलुक पछाडि पर्छ ।

अहिले देशमा सत्ता र शक्ति हुनेले जे गरे पनि छुट सामान्य नागरिकले आधारभूत आवश्यकता पूरा गर्न नसक्ने गरि जीवन बिताउनुपर्ने अवस्था देखिन्छ ।समस्या हुने र आम नागरिकका लागि कानुन दस्तावेजमा मात्र सिमित हुने अवस्था देखिन्छ ।सत्ता र शक्ति पनि तिनै व्यक्तिहरूका वरिपरि रहने पालैपालो बाँडेर खाने जस्तो विकृत स्वरूप देखिन्छ।

कुनै एउटा नेतृत्व आयो र केही राम्रो गर्यो भने हामी ओझेलमा पर्छौं ,भनी कुदृष्टि राखी सत्ता र शक्तिबाट हटाउने संस्कार जस्तै बनिरहेको छ। राम्रो व्यक्तिहरु सत्ता र शक्तिमा रहेमा सबैलाई राम्रो हुन्छ भन्ने भन्दा अस्वस्थ प्रतिस्पर्धा ,सामन्तवाद ,तिक्डम्वाद, चरम पुँजीवाद मानसिकताले सरकार सधैँ अस्थिर हुने अवस्था छ। जबसम्म कुनै एक नेतृत्व सत्तामा पुगिसकेपछि कम्तिमा ५ वर्षको योग्यता क्षमता भिजन हेरि पु:न दोहोर्याउनुपर्ने भएमा अवसर दिने संस्कार स्थापित गराउनु आजको नेपालको आवश्यकता हो।

नेपालमा शासकहरु खुल्ला हिडडुल गर्न नसक्ने जनताले प्रतिवाद गर्ने अवस्था छ। यदि नेतृत्वले जनताका समस्याहरु समाधान गरिदिएको भए जनताले नै उनीहरुलाई सुरक्षा गर्ने थिए। जनताको पक्षमा काम गर्नेहरूलाई अन्य दल वा सरकार बाहिरका व्यक्तिहरुले भ्रम छर्ने र गलत साबित गर्ने कुचेष्टा गर्ने गरेको देखिन्छ। मुलुकमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ यसले मुलुकलाई सही दिशामा पुर्‍याउँदैन। नागरिकहरूमा पनि सचेतना जगाउनु आवश्यक छ। देश र जनताको पक्षमा काम गर्ने नेतृत्वलाई साथ दिने आफूहरुले जुन क्षेत्रमा, कर्ममा लागिएको छ त्यसलाई दत्तचित्त भएर लाग्ने गर्नु आवश्यक छ।

अहिले समाजमा काममा भन्दा अर्काको आलोचनामा बढी समय बिताउने संस्कार हावि भएको अवस्था छ। यसले सही गन्तव्यमा पुर्‍याउँदैन। जबसम्म उत्पादनमा जोडिँदैन कृषि ,उद्योगलाई प्राथमिकतामा राखिँदैन, तबसम्म देश र जनताको अवस्था सुध्रिदैन । राज्यले कृषि ,उद्योग मैत्री योजना बनाउने लगानी गर्ने र जनताले उत्पादनमा जोडिएर समृद्धि हासिल गर्ने पद्धति अपनाउनुपर्छ। हाम्रो देशको भूगोल, माटो ,पानी ,हावापानी ,अन्य प्राकृतिक स्रोतहरुलाई उपयोग गरी अन्य देशमा निर्यात गर्ने गरेमा मात्र देश समृद्ध बन्छ।

हाम्रो देश भूपरिवेष्ठित राष्ट्र हो,विकास उन्मुख मुलुक हो। हामी कतिपय बाध्यता विवस्थामा छौँ। तथापि देशलाई आत्मनिर्भर बनाउने नीति भएमा अन्य मुलुकको दबाव हस्तक्षेप सहनु पर्दैन। हाम्रो देशको आन्तरिक नीति बलियो हुनु आवश्यक छ ।अन्य देशमा अन्तर्देशीय सम्बन्ध नीति नियमहरु स्थायी हुन्छन् ।जसको सरकार आए पनि देशको आन्तरिक नीतिमा आधारित रहेर गतिविधि हुन्छन् र ती देशहरू सशक्त छन् ।

हाम्रो देशमा सरकार ६ महिना १ वर्षमा परिवर्तन हुने र जो सरकारमा आउँछ उसले सम्पूर्ण कुराहरुको हस्तक्षेप गर्ने परिवर्तन गर्ने दीर्घकालीन नभएर आफ्नो सत्ता र शक्तिको लागि बनाउने र अर्को सरकार आएपछि पहिलाको सरकारले गरिरहेको दीर्घकालीन काम कारबाहीहरु हटाएर आफ्नो अनुकूल बनाउने गरेको पाइन्छ। राज्यका आन्तरिक नीति, सुशासनका नीति ,विकासका नीति आदि नीतिमा रहेर काम कारबाही गर्ने र जसको नेतृत्व आए पनि सही नीति- नियममा रहेर आवश्यक रहेमा परिस्कृत गरी काम कारबाही गरेमा देशमा सुशासन र समृद्धि हासिल हुन्छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...