Breaking news 1

सहकारी ठगीका रवि लामिछानेसहित सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

सहकारी ठगीका रवि लामिछानेसहित सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। ‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने। कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले भने यस विषयमा खुलाउन चाहेनन्। अभियुक्त उपर अनुसन्धान भइरहेकाले खुलाउन नमिल्ने उनको तर्क छ।  पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भए/नभएको र बिगो के छ भनेर प्रश्न राखेका थिए।  इजलासमा न...
रवि लामिछानेलाई  बयानका लागि भैरहवा ल्याइयो

रवि लामिछानेलाई  बयानका लागि भैरहवा ल्याइयो

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएको छ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका लामिछानेलाई दिउँसो पौने १ बजे भैरहवा ल्याइएको हो । उनलाई बुद्ध एयरको जहाजबाट दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिल्ला सरकारी वकील कार्यालयमा रुपन्देहीमा पुर्‍याइएको छ । बिहानैबाट भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा विगत २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याइएको रुपन्दे...
श्रमिकलाई गन्तव्य मुलुकको हवाई टिकट पाउनै मुस्किल

श्रमिकलाई गन्तव्य मुलुकको हवाई टिकट पाउनै मुस्किल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा जाने तयारीमा रहेका नेपाली श्रमिकहरू हवाई टिकट अभावले अलपत्र पर्न थालेका छन् । बिदामा आएर फर्कन लागेका र नयाँ श्रम स्वीकृति लिएका कामदारहरूले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान कटौतीका कारण टिकट पाउन नसक्दा रोजगारदाता मुलुकतर्फ प्रस्थान अनिश्चित बनेको छ । अर्कातिर वायुसेवा कम्पनीले टिकटको मूल्य पनि अस्वाभाविक रूपमा बढाएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ८ बजेसम्म व्यावसायिक उडानमा रोक लगाएको छ । व्यावसायिक उडानमा दैनिक १० घण्टाको रोक चैत १८ सम्मका लागि हो । उडान अवधि घटेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । यही मौकामा वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर तेब्बरसम्म पुर्‍याएका छन् । यसबाट नेपाली...
बजारको  हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा

बजारको हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ ।  एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशानसले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले ...
सर्वोच्चमा दुई न्यायाधीश नियुक्त,अझै चारको दरबन्दी रिक्त

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त,अझै चारको दरबन्दी रिक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपतिले आइतबार न्यायाधीशमा नियुक्त गरेका हुन् ।  उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । अब सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशसहित १७ पुगेको छ । सर्वोच्चमा अझै चार न्यायाधीशको दरबन्दी रिक्त छ । सर्वोच्चका नयाँ सदस्य निरौला र पाण्डेय दुवै उच्च अदालतका न्यायाधीश हुन् । २५ वर्षसम्म न्याय सेवाका विभिन्न भूमिकामा रही काम गरेका निरौला २०७७ माघ १२ मा उच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि सर्वोच्चको मुख्य रजिस्ट्रार थिए । पछिल्लो समय उनी पाटन उच्च अदालतको मुख्य न्यायाधीश थिए ।...
अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी

अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार
हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।  प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो । सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ...
 बैंकिङ प्रणालीमा अधिक तरलता :सरकारको आन्तरिक ऋण ब्याजदर ४ वर्षकै न्यून

 बैंकिङ प्रणालीमा अधिक तरलता :सरकारको आन्तरिक ऋण ब्याजदर ४ वर्षकै न्यून

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सरकारले उठाउने आन्तरिक ऋणको ब्याजदर चार वर्षयताकै सस्तो भएको छ । आर्थिक वर्ष २०७९/८० मा करिब ११ प्रतिशतसम्म ब्याजदरमा विकास ऋणपत्र बोलकबोल भएकोमा चालु आव ४ प्रतिशतभन्दा तलको ब्याजदरमा समेत विकास ऋणपत्र बोलकबोल भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाउँछ । बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निरन्तर तरलता खिचिरहेको छ । अधिक तरलता भएर ब्याजदर घट्दा आन्तरिक ऋणको लागत समेत कम हुने भए पनि सरकारले आव सुरुवातबाट नै धमाधम आन्तरिक ऋण उठाइरहेको छ । साउनमा नै आन्तरिक ऋण बोलकबोल तालिका स्वीकृत गराएर सोही अनुसार आन्तरिक ऋण परिचालन भइरहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख अमृत लम्साल बताउँछन् । सरकारले चालु आव ३ खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य...
राजश्व चुहावटमा कठोर बन्दै सरकार, अनुगमनका लागि छुट्टाछुट्टै दुई संयन्त्र

राजश्व चुहावटमा कठोर बन्दै सरकार, अनुगमनका लागि छुट्टाछुट्टै दुई संयन्त्र

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
राजश्व चुहावटसम्बन्धी अनुगमन गर्न सरकारले उच्च स्तरका दुई छुट्टाछुट्टै संयन्त्र बनाएको छ । शुक्रबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीको बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार पहिलो अनुगमन समिति प्रधानमन्त्री कार्यालयको राजश्व महाशाखा हेर्ने प्रमुखको नेतृत्वमा रहनेछ । यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब महानिरीक्षक (एआईजी)को समेत सहभागी हुनेछन् । त्यस्तै, दोस्रो समिति अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुखको नेतृत्वमा रहनेछ । उक्त समितिमा समेत दुवै प्रहरी संगठनका एआईजीहरु सहभागी हुनेछन् । यसरी गठन भएको समितिले राजश्व चुहावटसम्बन्धी अनुगमन गर्ने भनिए पनि दुई समितिका कार्यक्षेत्र के हुने भन्नेबारे निर्णयमा उल्लेख गरिएको छैन । बैठकले राजश्व प्रशासन र सुरक्षा निकायका प्रतिनिधिको समेत सहभागिता रहने गरी ...
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठको बिदाइ

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठको बिदाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ । तराई/मधेशमा धुमधामले मनाइने छठ पछिल्लो समय काठमाडौंलगायतका देशका पहाडी भूभागमा समेत भव्य रूपमा मनाइन्छ । शुक्रबार बिहान पशुपति गुहेश्वरीमा उदाउँदो सूर्य अर्घ्य दिएर व्रतालुहरूले यस वर्षको छठलाई बिदा गरेका छन् । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पू...
प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बधाई दिंदै लेखेका छन्, ‘राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हो । हामी तपाईं नेतृत्वमा द्धिपक्ष सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने विश्वास व्यक्त गर्दछौं ।’ रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले प...