बजारको हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा


बुटवल

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ । 

एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशानसले खण्डन गरेको छ ।

अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले गुनासो गरे । ‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिस्प्रर्धा गर्दा सबैभन्दा कम मुल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने हो ।’–ढकालले भने, ‘समान्यतया कम्पनीहरुले २०÷२५ प्रतिशतसम्म कम मुल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेशिनको मुल्य पनि कम हुने अनुमान गरका छौं ।, तर बजारमा गलत हल्ला बढी भयो ।’ 

सामान आपुर्ति गर्न सक्ने स्वदेशी कम्पनीहरु हुँदाहुँदै एनसिबीमा जान उपयुक्त ठानेर नै आइसिबीमा नगएको समेत उनले प्रष्ट पारे । सार्वजनिक खरिद ऐन अनुसार ५ अर्व बढी लागत मुल्य पर्ने, जटिल सामान भनि ‘पिपिएमओ’ले सिफारिस गरेका, दातृ निकायको सहयोग तथा स्रोतबाट खरिद गर्नु परेमा तथा स्वदेशी सप्तालयर्स कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा मात्रै आइसिबीमा जानु पर्ने बाध्यकारी अवस्था रहेको उनले स्पष्ट पारे । यसैगरी विगतका टेन्डरहरुमा आईसिबी विधिबाट जाँदा विश्व बजारमा डरलको भाउ घटबढ हुँदा त्यसको प्रभावले टेन्डर नै रद्द गर्नुपरेको घटनालाई आधार मानेर एनसिबी विधि अपनाएको उनले उल्लेख गरे । 

बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले पुरानो मेशिन खरिद गर्ने नभई पुरानो प्रविधिको नभई विश्व बजारमा हाल आएकाभन्दा केही पुरानो प्रविधि भएको उल्लेख गरे । प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेशिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेशिन खरिदन गर्नु पर्ने बाध्यता रहेको उनले स्पष्ट पारे । ‘हामीले खरिद गर्ने भनेको पुरानो मेशिन नभई केही पुरानो प्रविधिको भने हो । जुन तेस्ला १.५ प्रविधि हो, यसलाई २ तेस्लामा अपग्रेड गर्न सकिन्छ ।’–प्रमुख ढकालले भने, ‘जबकी विश्व बजारमा ३ तेस्ला पनि आएको छ, यसको मुल्य २५ देखि ३० करोड बढी पर्छ उक्त रकम हामीसँग नभएकै कारण पुरानो प्रविधिले भएपनि सेवा दिनुपर्छ भन्ने हाम्रो चाहना हो ।’ सरकारले प्रयाप्त बजेट उपलब्ध गराएको अवस्थामा आफूहरुले पनि ३ तेस्ला मेशिन खरिद गर्न तयार हुने उनले उल्लेख गरे । खरिद कार्यलाई अझ पारदर्शी र प्रतिस्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूर्ण कागजात सहित आवश्यक राय तथा निर्देशनको लागि पठाइने समेत उनले स्पष्ट पारे । त्यहाँबाट प्राप्त निर्देशनका आधारमा थप काम कारबाही अगाडी बढाइने उनले बताए । 

लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रुपमा रहेको यस अस्पताललाई १२ सय सैय्यामा स्तर वृद्धिका लागि अन्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भैरहेको छ । लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरु समेत गरी यहाँ १६ बढी जिल्लाका सेवाग्राही आउने गर्दछन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क रहेको छ । 

छुटाउनुभयो कि ?

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...
आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) दे...