Breaking news 1

एमाले केन्द्रीय कमिटी बैठक जारी

एमाले केन्द्रीय कमिटी बैठक जारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । आइतबारदेखि सुरु भएको बैठकमा विभिन्न समयमा भएका बैठकका निर्णय अनुमोदन भएको थियो ।  एमाले केन्द्रीय कार्यालयमा भएको बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता गरिएका पोलिटब्यूरो र केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरेको हो । आइतबार बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई सङ्गठनात्मक काममा सक्रियतासाथ लाग्न निर्देशन दिएका थिए । पार्टीका सबै नेताकार्यकर्ता निजी स्वार्थमा केन्द्रीत भएर होइन, देश र जनताको ...
मदन भण्डारी गोल्डकप भलिबल खेलमा आज गुजरातको जित

मदन भण्डारी गोल्डकप भलिबल खेलमा आज गुजरातको जित

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतबार भएको दोस्रो खेलमा गल्कोट भलिबल क्लब बागलुङले लज्जास्पद हार बेहोरेको छ ।  गुजरात स्टेट भलिबल भारतले सोझो सेटमा गल्कोटलाई पराजित गरेको हो । यसअघिका दुई खेल गुमाएको गल्कोटले गुजरातसँग झनै कमजोर खेल प्रस्तुत गरेको छ । ४ इरानी र १ भारतीय खेलाडीसहित खेलिरहेको गल्कोटले गुजरातसँग यस अघिका खेलहरुमा जत्तिको पनि प्रदर्शन गर्न सकेन । सर्विस, स्पाईक, प्लेसिङ र फिल्डिङ सबैमा गल्कोट कमजोर बन्यो । त्यसको बदलामा गुजरातले तीनवटै सेट २० भन्दा कम अंकमा राख्दै जित हासिल गर्‍यो । गुजरातले गल्कोटलाई २५–१८, २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । गल्कोटका प्रशिक्षक सुरेन्द्र केसीले लगातार दुई सेट गुमाएपछि तेस्रो सेटमा पूरै नेपाली खेलाडीलाई अघि सारेका थिए । त्यो प्रयास पनि ग...
ट्रम्पविरुद्ध सजाय सुनाउने अदालतको तयारी

ट्रम्पविरुद्ध सजाय सुनाउने अदालतको तयारी

Breaking news 1, विदेश, समाचार, समाज
काठमाडौं डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुभन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ । ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजायँ सुनाउने तयारी गरेको हो । न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको सम्बन्धी मुद्दामा फैसला सुनाइने बताएका हुन् । ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने संकेत ती न्यायाधीशले गरेको बीबीसीले जनाएको छ । यदि अदालतले सजायँ सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ । ट्रम्पले भने न्यूयोर्क अदालतको यो त...
सामाजिक सञ्जाल प्लाटफर्मलाई लाइसेन्स अनिवार्य गरिँदै

सामाजिक सञ्जाल प्लाटफर्मलाई लाइसेन्स अनिवार्य गरिँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज
काठमाडौँ नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाट्सएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले सञ्चालनमा रहेका प्लाटफर्मले पनि उक्त कानुन लागू भएको तीन महिनाभित्र अनुमतिपत्र लिइसक्नुपर्ने मस्यौदामा उल्लेख छ ।  ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सरकारले सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन अनुमतिको व्यवस्था गर्दै अनिवार्य अनुमतिपत्र लिनुपर्ने विषय समावेश गरेको हो । सरकारले सर्त पालना नगर्ने प्लाटफर्म र आमप्रयोगकर्ता दुवैलाई जरिवाना र सजायका विविध प्रावधानसमेत राखेर सो विधेयकलाई लगभग अन्तिम रूप दिएको छ । यसअघि सार्वजनिक राय–सुझावका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेब...
बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Breaking news 1, समाचार
बझाङमा छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। गएराति साढे आठ बजेतिर तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जिप सडकबाट अनियन्त्रित भई करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो। सो दुर्घटनामा जिप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी आमा ७२ वर्षीय जोगेनी देवी धामी र छोरी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो। जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ। मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्...
यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

Breaking news 1, राजनीति, समाचार
काठमाण्डौ आज बसेको नेकपा एमाले सचिवालय बैठकले सरकारको ६ महिनाको कामको समीक्षा गरेको छ। त्यसैगरी बैठकले आगामी २१ र २२ गते बस्ने केन्द्रिय कमिटी बैठकका एजेण्डाबारे छलफल गरेको पार्टी सचिव पद्मा अर्यालले जानकारी दिईन्।  पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा आगामी केन्द्रिय कमिटी बैठकमा पेस गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख भएको र त्यस बिषयमा छलफल भएको उनले बताईन्। ...
शेरा दरबारबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ : धन्यवाद दिन तयार भए हुन्छ

शेरा दरबारबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ : धन्यवाद दिन तयार भए हुन्छ

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
१८ पुस, काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन भनेका छन् ।राज्य व्यवस्था समितिको बिहीबारकाे बैठकमा शेरादरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए । प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ । किनभने, गम्भिरताका साथ अध्ययन भइरहेकाे छ । कसैको नाममा गैरकानुनी काम भएकाे रहेछ भने सरकारले फिर्ता ल्याउँछ ।’ त्यसअघि बिहीबारकै बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले...
प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुनको २३-२५ गते विराटनगरमा गर्ने निर्णय

प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुनको २३-२५ गते विराटनगरमा गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय सचिव विष्णु तारुकेले जानकारी दिए । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको हो । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा आज भएको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकमा नेताहरूले सर्वसम्मतिमा नेतृत्व चयन हुने बताए । ...
मदन भण्डारीकाे स्मरणसंगै खेलक्षेत्रको समग्र विकासमा अभिभावकत्व प्रदान गर्छौंः मुख्यमन्त्री आचार्य

मदन भण्डारीकाे स्मरणसंगै खेलक्षेत्रको समग्र विकासमा अभिभावकत्व प्रदान गर्छौंः मुख्यमन्त्री आचार्य

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको हो । ‘प्रदेश भित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचित रुपमा विकास गर्न, खेलाडीहरुमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’ खेलाडी उत...
पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।नेपाल आयल निगमले आज बुधवार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति प्रतिकिलोलिटर  १५ डलरले घटाइएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको मंगलबार निगमले विज्ञप्तिमार्फत जनाएको छ ।अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर ...