बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु


बझाङमा छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

गएराति साढे आठ बजेतिर तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जिप सडकबाट अनियन्त्रित भई करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो।

सो दुर्घटनामा जिप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी आमा ७२ वर्षीय जोगेनी देवी धामी र छोरी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो।

जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ।

मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भई  १०० मिटर तल खसेको थियो।

सो दुर्घटनामा चालक मष्टाकै ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिए।

उक्त जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...