ट्रम्पविरुद्ध सजाय सुनाउने अदालतको तयारी


काठमाडौं

डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुभन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ ।

ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजायँ सुनाउने तयारी गरेको हो ।

न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको सम्बन्धी मुद्दामा फैसला सुनाइने बताएका हुन् ।

ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने संकेत ती न्यायाधीशले गरेको बीबीसीले जनाएको छ ।

यदि अदालतले सजायँ सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ ।

ट्रम्पले भने न्यूयोर्क अदालतको यो तयारीलाई अवैध राजनीतिक हमला भनेर आलोचना गरेका छन् । अदालतको तयारीबारे प्रतिक्रिया दिने क्रममा ट्रम्पले त्यसलाई बदनियतपूर्ण समेत भनेका छन् ।

ट्रम्प पक्षले न्यायाधीशको कदमको आलोचना गर्दै उक्त मुद्दा तत्काल खारेज हुनुपर्ने बताएको छ । ट्रम्पका प्रवक्ताले कुनै अवरोध विना ह्वाइटहाउस प्रवेश गर्न दिन र राष्ट्रपतीय शक्ति हस्तान्तरण गर्न भनेका छन् ।

मुद्दा के हो ?

सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् ।

सन् २०२४ को चुनाव प्रचार अघि यी सहितका अन्य फौजदारी अभियोगको सामना ट्रम्पले गर्नुपरेको थियो । त्यतिबेला उनले आफूलाई राष्ट्रपतिको निर्वाचनमा रोक्ने उद्देश्यले गलत आरोपहरु लगाइएको टिप्पणी गर्दै आएका थिए ।

यद्यपि उनी सन् २०२४ मा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका थिए । उनले केही पदहरुमा नियुक्ति समेत गरिसकेका छन् ।

छुटाउनुभयो कि ?

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकह...
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

काठमाण्डौ - आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन...
रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

बुटवलरोल्पाको थवाङ जलजलामा रुकुमपूर्वबाट आउँदै गरेको जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी...
विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

काठमाडौंप्रमुख प्रतिदल नेपाली काँग्रेस,एमालेसहितका विपक्षी दलहरुले सुकुम्बासी बस्ति बिना तयारी खालि गराइएकोप्रति आपत्ति जनाएक...