बीआरआईमा हस्ताक्षर भयो, तर अन्तिम किनारा लगाउन बाँकी छ
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गरिँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशबीचको परम्परागत मैत्रीसम्बन्धलाई निरन्तरता दिएको छ । यस्ता भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनाउनुका साथै उच्च स्तरमा लैजान मद्दत पुग्छ । यस्तै भ्रमणले सद्भाव पनि बढाएको छ ।
चीनले उदारतापूर्वक नेपालको आर्थिक, सामाजिक विकासको लागि पाँच सय मिलियन आरएमबी अर्थात झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । यो सुखद् पक्ष हो ।
प्रधानमन्त्री ओलीको भ्रमणमा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । तर यसमा अझै अन्तिम किनारा दिन नसकेको देखिन्छ । यो विषयलाई छिटै दुई पक्ष बसेर टु...








