Breaking news 1

विपद्‌मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय

विपद्‌मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराजनीतिक मुद्दामा फरक–फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन् । बाढीपछि उत्पन्न मानवीय संकटमा सत्तारुढदेखि प्रतिपक्षमा रहेका दलहरू आ–आफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन् । दलहरूले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आ–आफ्ना पार्टी पंक्तिलाई खटाएका छन् ।सत्तारुढ दल रास्वपाले पार्टी पंक्तिलाई र्‍याट (आरएटी) मार्फत सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार उद्धार र राहतको संयोजनको जिम्मा र्‍याटका पूर्वसंयोजक आशिष थापालाई दिइएको छ ।महामन्त्री आचार्यले १० भदौमा विज्ञप्ति जारी गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा राहतमा...
रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह १२ बजेसम्मको तथ्यांक जारी गर्दै यसबारे जानकारी गराएको हो ।अझै ९७७ सम्पर्कविहीन छन्। विभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।उनका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कुल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् ।१० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ ।सरकारको प्राथमिकतामा उद्धार कार्य रहेको पनि पोखरेलले बताएका छन् । ...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर (५५ करोड रुपैयाँ) सहायता उपलब्ध गराउने भएको छ । बाढीपछि अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार तथा अवस्थाबारे जानकारी लिन कन्सुलर टोलीसमेत परिचालन गरेको छ । अन्तर्राष्ट्रिय विकासमन्त्री डा. एनी एलीका अनुसार अस्ट्रेलियाले उपलब्ध गराउने ५० लाख डलरमध्ये २० लाख विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत खाद्यान्न तथा व्यवस्थापन सहयोगका लागि खर्च गरिनेछ । थप २० लाख अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई दिइनेछ । त्यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ । बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत प्रभावित क्षेत्रमा स्...
रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंबुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २ सय ८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। ...
रसुवा बाढी अपडेट : १५७ शव फेला

रसुवा बाढी अपडेट : १५७ शव फेला

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ। जसअनुसार २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन्। ...
रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ । रसुवा,धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् ।बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजमती कर्मचारी देखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि छन् ।नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ।बाढीबाट घाइते भएकाहरू मध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा ...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। बुधबार बिहान अकस्मात आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नदी आसपासका केही गाउँदेखि जलविद्युत आयोजनाहरू, टिमुरे भन्सार कार्यालय र थुप्रै घर तथा पुलहरूको भौतिक संरचना ध्वस्त पारेको छ। मानवीय क्षति र भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन। बाढी पूर्वानुमान महाशाखाले चिनियाँ पक्षबाट प्राप्त सूचना उद्धृत गर्दै थुनिएको नदीमा अचानक बाँध फुट्दा यो बाढी आएको जनाएको छ। नदी थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको पनि महाशाखाले उल्लेख गरेको छ। 'चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्र...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।प्रधानमन्त्री भएयता शाहले पहिलोपटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन् । सांसदहरुले लामो समयदेखि उनको खोजी गरिरहेका थिए ।बैठकमा मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्ने, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । ...
हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ । यस्तै, केन्द्रीय बैंकको सामान्य कारबाहीमा परेका व्यक्ति वा सञ्चालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैङ्किङ क्षेत्रमा त्रास फैलिएको छ । यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा १०० संशोधनको माग गरेका छन् । तर, राष्ट्र बैंक र कानुन मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मार्फत सम्बोधन हुनुपर्ने सुझाव ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले अहिले विद्युत् व्यापारमा नाफा बढाउँदै लगेको छ । २०८२/८३ मा भारत र बंगलादेशमा गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुक्खायाममा १० अर्ब २२ करोड ७४ लाखको आयात गरेको छ । एकै बर्षमा बिजुली व्यापारमा १९ अर्ब ९ करोड ७२ लाख रुपैयाँ नाफा भएको छ । आर्थिक वर्ष २०८०/८१ देखि नेपालले बिजुली आयातभन्दा बढी निर्यात गरिरहेको छ । आयातको तुलनामा निर्यात बर्सेनि बढ्दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । ‘हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं,’ उनले भने, ‘अहिले औसतमा १ हजार मेगावाट निर्यात गरिरहेका छौं । ' वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ ।...