गुणस्तर परिक्षण गरेर मात्र नागरिकलाई पानी खुवाउने ग्यारेन्टी सरकारले गर्छ: मुख्यमन्त्री आचार्य
बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले याेजना निर्माण गरेकाे बताए । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताए । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाकाे रजत जयन्ती कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले 'एक घर-एक धारा'को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयाेजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए।`प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खाेल्दै छाैं ।खानेपानीकाे गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछाैं´उनले चालू बर्षमा १६८ खानेपानी आयाेजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वि...








