पत्रपत्रिका

सहकारी ठगीका रवि लामिछानेसहित सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

सहकारी ठगीका रवि लामिछानेसहित सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। ‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने। कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले भने यस विषयमा खुलाउन चाहेनन्। अभियुक्त उपर अनुसन्धान भइरहेकाले खुलाउन नमिल्ने उनको तर्क छ।  पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भए/नभएको र बिगो के छ भनेर प्रश्न राखेका थिए।  इजलासमा न...
गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाण्डौ सर्वोच्च अदालतले पांच बर्ष कैद सजाय सुनाएका गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। काठमाडौंको सानोभर्याङबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा बुझाउने छ। ‘उहाँलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले भने। ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। ...
रवि लामिछानेलाई  बयानका लागि भैरहवा ल्याइयो

रवि लामिछानेलाई  बयानका लागि भैरहवा ल्याइयो

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएको छ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका लामिछानेलाई दिउँसो पौने १ बजे भैरहवा ल्याइएको हो । उनलाई बुद्ध एयरको जहाजबाट दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिल्ला सरकारी वकील कार्यालयमा रुपन्देहीमा पुर्‍याइएको छ । बिहानैबाट भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा विगत २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याइएको रुपन्दे...
श्रमिकलाई गन्तव्य मुलुकको हवाई टिकट पाउनै मुस्किल

श्रमिकलाई गन्तव्य मुलुकको हवाई टिकट पाउनै मुस्किल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा जाने तयारीमा रहेका नेपाली श्रमिकहरू हवाई टिकट अभावले अलपत्र पर्न थालेका छन् । बिदामा आएर फर्कन लागेका र नयाँ श्रम स्वीकृति लिएका कामदारहरूले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान कटौतीका कारण टिकट पाउन नसक्दा रोजगारदाता मुलुकतर्फ प्रस्थान अनिश्चित बनेको छ । अर्कातिर वायुसेवा कम्पनीले टिकटको मूल्य पनि अस्वाभाविक रूपमा बढाएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ८ बजेसम्म व्यावसायिक उडानमा रोक लगाएको छ । व्यावसायिक उडानमा दैनिक १० घण्टाको रोक चैत १८ सम्मका लागि हो । उडान अवधि घटेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । यही मौकामा वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर तेब्बरसम्म पुर्‍याएका छन् । यसबाट नेपाली...
हरिबोधिनी एकादशी, आज तुलसी र दामोदरको विवाह गरी मनाइँदै

हरिबोधिनी एकादशी, आज तुलसी र दामोदरको विवाह गरी मनाइँदै

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभ...
रुपन्देही ब्यापार संघको रजत महोत्सवमा रक्तदान

रुपन्देही ब्यापार संघको रजत महोत्सवमा रक्तदान

Breaking news 2, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संघको सचिवालमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए।  संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे।  उनले रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख रगतको अभावको अन्त्य गर्दै जिवन वचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।  संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघको २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरिएका कार्यक्रम र त्यसमा देखिएको सहभागीता आफुहरु निकै नै उत...
बजारको  हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा

बजारको हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ ।  एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशानसले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले ...
रविलाई बयानका लागि आज रुपन्देही ल्याउने प्रहरीको तयारी

रविलाई बयानका लागि आज रुपन्देही ल्याउने प्रहरीको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सहकारीको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि २४ दिन देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही ल्याईने भएको छ।   पछिल्लो पटक आईतवार कास्की जिल्ला अदालतले रवि लामिछाने माथी अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमती दिएपछि रुपन्देही प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो।  बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमती दिई सकेको छ।  लामिछाने कात्तिक २ गतेदेखि ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरी सकेको छ।  रुपन्देही प्रहरी श्रोतका अनुसार कास्की प्रहरी स...
सर्वोच्चमा दुई न्यायाधीश नियुक्त,अझै चारको दरबन्दी रिक्त

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त,अझै चारको दरबन्दी रिक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपतिले आइतबार न्यायाधीशमा नियुक्त गरेका हुन् ।  उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । अब सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशसहित १७ पुगेको छ । सर्वोच्चमा अझै चार न्यायाधीशको दरबन्दी रिक्त छ । सर्वोच्चका नयाँ सदस्य निरौला र पाण्डेय दुवै उच्च अदालतका न्यायाधीश हुन् । २५ वर्षसम्म न्याय सेवाका विभिन्न भूमिकामा रही काम गरेका निरौला २०७७ माघ १२ मा उच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि सर्वोच्चको मुख्य रजिस्ट्रार थिए । पछिल्लो समय उनी पाटन उच्च अदालतको मुख्य न्यायाधीश थिए ।...
आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला हुने

आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले अन्तर्राष्ट्रिय प्रदर्शनीय स्थल बुटवल मण्डपमा ‘लगानी लुम्बिनीमाः समृद्धि देशमा’ भन्ने नारा सहित आगामी पुस ३ देखि १८ गतेसम्म औद्योगिक व्यापार मेलाको तयारी गरेको छ । यो मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।मेला सम्पन्न गर्नको लागि संघले यस अंगाडि नै कार्यसम्पादन समिति तथा विषयगत समितिहरु गठन गरि तयारीका काम अगाडि बढाएको संघले जनाएको छ । ‘मेलालाई चुस्त र दुरुस्त बनाउने प्रयास गरेका छौं ।’ कार्यसमितिका संयोजक अर्यालले भन्नुभयो–‘यो मेला विगतमा हामिले गरेका र हाम्रा सहयोगी संस्थाहरुले गरेका मेला भन्दा धेरै फरक हुनेछ ।’उहाँका...