रविलाई बयानका लागि आज रुपन्देही ल्याउने प्रहरीको तयारी


बुटवल

सहकारीको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि २४ दिन देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही ल्याईने भएको छ।  

पछिल्लो पटक आईतवार कास्की जिल्ला अदालतले रवि लामिछाने माथी अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमती दिएपछि रुपन्देही प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो। 

बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमती दिई सकेको छ। 

लामिछाने कात्तिक २ गतेदेखि ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरी सकेको छ। 

रुपन्देही प्रहरी श्रोतका अनुसार कास्की प्रहरी संगको समन्वयमा सोमवार सांझको बिमानबाट भैरहवा ल्याईने गरी प्रक्रिया अगाडी बढेको छ। मिले सम्म सोमबार सांझ प्रक्रिया पुर्याउन ढिला भयो भने मंगलबार बिहानको उडानबाट भैरहवा ल्याईने छ जिल्ला प्रहरी कार्यालय श्रोतले भन्यो। 

रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई रुपन्देही ल्याउन लागेको पुष्टि गरे।  हामीले अव उहांलाई रुपन्देही ल्याउन पत्राचार गरि सकेका छौ मिले सम्म आज नभए मंगलबार बिहान सम्म ल्याएर बयान सूरु गछौं राठौरले भने। 

प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउदा हुन सक्ने आन्दोलनका बिषयमा समेत तयारी गरेको जनाएको छ। वहांलाई रुपन्देही ल्याउदा सहकारी पिडित र रास्वपा कार्यकर्ताको सम्भावित प्रदशनलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा समेत सनिवार जिल्ला शुरक्षा संयन्त्रका बिचमा अनौपचारिक छलफल भएको थियो। 

प्रहरी श्रोतका अनुसार दुवै पक्षले गर्न सक्ने प्रदर्शनका बिषयमा छलफल गरी सुरक्षा ब्यवस्था मिलाउन आवश्यक परे निषेधित क्षेत्र तोक्ने र ब्यापक प्रहरी परीचालन गर्ने तयारी रुपन्देही प्रशासनको छ। 

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति दिइसकेको छ। 

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई यस अघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाई सकिएको छ। 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ।

२ करोड मध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन्। ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।

उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ। लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।

संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए।

प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए। तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन्। गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन्। केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन्।

सहकारी ऐन–२०७४ को दफा १२२ अनुसार ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा’ र कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा’ कानुनी कारबाही हुने व्यवस्था छ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...