माैसम

पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, पूर्वतर्फ सर्दै आउने

पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, पूर्वतर्फ सर्दै आउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंमंगलबार साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण मंगलबार राति देखि थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए । पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौंमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए । दार्चुलामा र बैतडीमा मँगलबार साँझ शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँक...
सुदूरपश्चिमदेखि गण्डकीसम्मका भूभागमा पानी र हिउँ पर्ने

सुदूरपश्चिमदेखि गण्डकीसम्मका भूभागमा पानी र हिउँ पर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंपश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुका हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमको यो बदलावले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।मौसमविद् सन्जिव अधिकारीका अनुसार आज माघ १३ गते मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । ती दुवै प्रदेशका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ ।‘यो प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी र हिमाली भेगमा मध्यम खालको हिमपात हुन्छ । एक–दुई ठाउँमा त भारी हिमपात पनि हुनसक्ने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने ।बागमती र कोशी प्रदेशका हिमाली...
ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौं ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो । वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ ।लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित भएका हुन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,' दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानी जस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।' उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावन जस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौं, केराउ, मुसुरोजस्ता हिउँदेबाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए ।बझाङका स...
पश्चिमी वायूको आंशिक प्रभाव: तराईमा हुस्सु–कुहिरो,उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली

पश्चिमी वायूको आंशिक प्रभाव: तराईमा हुस्सु–कुहिरो,उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।विभागका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा हुस्सु लागेको छ। तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यसँगै हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने विभागले जनाएको छ। त्यसैले दैनिक रूपमा जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन विभागले अनुरोध गरेको छ।आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। ...
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु...
चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ ।पुस ३ गतेदेखि संचालन भएको प्रदर्शनीमा मंगलबार भएको फाइनलमा उसले उपाधि जितेर ८८ हजार ८ सय ८८ रुपैयाँसहित प्रमाणपत्र पाएको सांस्कृतिक उपसििमतका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । त्यसैगरी दोस्रोमा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रोमा दोहोरी गीत प्रतिष्ठान पाल्पा, सान्तवना दोहोरी गीत प्रतिष्ठान रुपन्देही भएको उहाँले जानकारी दिनुभयो । दोस्रोले ४४ हजार ४ सय ४४, तेस्रोले २२ हजार २ सय २२ र सान्त्वनाले ११ हजार १ सय ११ रुपैयाँ रकम हात पारेका हुन् । त्यसैगरी खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम पन्चायन भजन मण्डली सैनामैना, दोस्रोमा कलौनी कान्तिपुर बोर्डिङ सैनामैना र ...
शीतलहरले सडक चिप्लो हुंदा दाउन्नेमा सोमबारदेखि यात्रुहरु अलपत्र

शीतलहरले सडक चिप्लो हुंदा दाउन्नेमा सोमबारदेखि यात्रुहरु अलपत्र

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलशीतलहरले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक जाम भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सडक चिप्लो भएपछि सोमबार साँझदेखिनै सवारीको लामो जाम रहेको छ ।दाउन्ने पहाडको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर चल्न सकेका छैनन् । सोमबार साँझदेखिनै यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । सठक चिप्लो भएपछि सडकमा मालबहाक साधन तथा ठूला सवारीका साधन ठप्पहुँदा साना सवारीका साधनहरु समेत अवरुद्ध हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ । निर्माणाधीन बुटवल नारायणगढ ११४ किलोमिटर सडकको अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ । दाउन्नेमा वान वे बनाएर काम गर्दा ओभरलोड गाडी बिग्रिने समस्या भएको छ । ...
चिसोका कारण तराईको जनजीवन प्रभाबित, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

चिसोका कारण तराईको जनजीवन प्रभाबित, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 2, माैसम, विविध, समाचार, स्थानीय
बुटवल – आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन । चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहयोगमा बजारका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण मजदुरहरूलाई काम गर्न समस्या भएको छ । अझै केही दिनसम्म हुस्सु र कुहिरो रहने अनुमान गरिएको छ । चिसोका कारण आलु, तोरीजस्ता हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन् ।  ...
तराईमा बाक्लो हुस्सु र कुहिरो,अझै केही दिन कायम रहने

तराईमा बाक्लो हुस्सु र कुहिरो,अझै केही दिन कायम रहने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जानकारी दिएको छ । देशका तराई भू-भागमा हुस्सु-कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको छ ।आज दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ । त्यस्तै हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ भने देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।त्यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...