माैसम

मनसुन सक्रिय, दिउँसो यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २९, बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) र देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड ...
मनसुन सक्रिय छ, २४ घण्टा भारी वर्षा हुन्छ: पूर्वानुमान महाशाखा

मनसुन सक्रिय छ, २४ घण्टा भारी वर्षा हुन्छ: पूर्वानुमान महाशाखा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको बताएको छ। जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।महाशाखाले आज (साउन २८, बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर पूर्णतया बदली (आकाशभरि बादल) रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, क...
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश लगायत को...
उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका चार र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनलाई खोजीका लागि गुहारेका छन् । आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन् । ‘थप तीन जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले सुनाए, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’ यस्तै जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जना बढी बेपत्ता भएको जनाएका छन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जना बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने...
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...
यी स्थानमा भारी वर्षाको सम्भावना

यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (बुधबार) कोशी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्...
गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज, स्थानीय
बुटवल गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ। सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ। ...
६९ जिल्लामा बाढीको उच्च जोखिम, ५ जिल्लामा ‘रेड अलर्ट’ जारी

६९ जिल्लामा बाढीको उच्च जोखिम, ५ जिल्लामा ‘रेड अलर्ट’ जारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ६९ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा रेड अलर्ट र काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ६९ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम अति उच्च रहने भएकाले रेड अलर्ट जारी गरिएको हो । यस्तै काभ्रेपलान्चोक, मकवानपुरमा बाढीको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ । यि दुइ जिल्लालाई ओरेन्ज अलर्ट जारी गरिएको छ । यस्तै संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, कपिलबस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची,...
सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा पहिरो: दुईतर्फी सडक अवरुद्ध

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा पहिरो: दुईतर्फी सडक अवरुद्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवल पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा निरन्तर वर्षाका कारण आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग दुबैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८२ साउन २० गते बिहानदेखि अविरल वर्षा भइरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको ठूलो पहिरो खसेको हो, जसले गर्दा राजमार्ग अवरुद्ध भएको पुष्टि गरिएको छ। सडकको दुबै लेन बन्द हुँदा बुटवल–तानसेन खण्डमा सवारी साधनहरू आवागमन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।हाल पहिरो पन्छाउने प्रयासका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन र सडक डिभिजनको टोली घटनास्थलमा खटिएको जनाइएको छ। प्रहरीका अनुसार, लगातार झरी भइरहेकाले तत्काल ढुङ्गा हटाउन जोखिम भएकाले वर्षा रोकिएपछि मात्र जेसीबी प्रयोग गरेर सडक खुलाउने प्रयास अघि बढाइनेछ। यस क्षेत्र पहिरोको दृष्टिले अति जोखिमयुक्त मानिने भएकाले प्रहरी प्रशासनले अत्या...
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । जसको प्रभावले अहिले देशका अधिकांश स्थानमा बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर अधिकांश बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेक...