रौतहटमा २४ घण्टामा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा, ५ स्थानमा ३०० मिलिमिटर नाघ्यो


काठमाडौं

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अत्यधिक वर्षा भएका मधेश, कोशी र बाग्मतीका मापन केन्द्रहरुको विवरण अनुसार रौतहटमा अतिभारी वर्षा भएको हो ।
३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरुमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टि स्टेट केन्द्र (३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र ( ३२८.६ मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) रहेका छन् ।
शनिबार बिहान ०४:३० बजेदेखि आइतबार बिहान ०४:३० बजेसम्मको वर्षा मापन गरिएको थियो ।
असोज १९ गते बिहान ०८:४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालित : ७९ र स्वचालित : २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ ।
जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ ।
‘भारी वर्षा’ भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हो भने ‘धेरै भारी’ भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा ‘अति भारी’ वर्षा भनिन्छ ।
बाढी घट्दो क्रममा

तीन वटा प्रदेशका बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ । हाल घट्दो क्रममा छ ।

आइतबार सप्तकोशी नदीले खतरा तह पार गरेको छ । सप्तकोशीका सहायक नदीहरू तमोर, सुनकोशी र अरुण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा छन् ।

त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीहरूमा समेत खतरा तह पार भएका छन् । तर अहिले घट्दो क्रममा रहेको विभागले जनाइएको छ ।

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेकाले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको विभागले जनाएको छ ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...