स्थानीय

रुपन्देहीमा सोमबार राती गोली चल्यो, ३ जना लागुऔषध कारोबारी पक्राउ

रुपन्देहीमा सोमबार राती गोली चल्यो, ३ जना लागुऔषध कारोबारी पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देहीको रोहीणीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। सोमबार राति रोहिणी गाउँपालिका-४ काे कोटहवाबाट तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए।पक्राउ पर्नेमा भारतको महाराजगंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रोहिणी-२ खुरूहुरियाका विशाल यादव रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको छ । कोटहवामा लागुऔषध कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।चेकप्वाइन्ट खडा गरिएको ठाउँमा प्रहरीले युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो। तर नरोकिई उक्त मोटरसाइकल भाग्ने क्रममा अचानक लडेको प्र...
लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको बैठक:विकासदेखि सुशासनसम्मका एजेण्डामा छलफल

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको बैठक:विकासदेखि सुशासनसम्मका एजेण्डामा छलफल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा छलफल भएको हो । छलफलमा सहभागी सांसदहरूले आआफ्ना निर्वाचनक्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका थिए । उनीहरूले कपिलवस्तु केन्द्रित विकास प्रस्ताव गरेका थिए। कपिलवस्तु–२ का सांसद विक्रम थापाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तिलौराकोटलाई ‘स्मार्ट हेरिटेज सिटी’ का रूपमा विकास गर्न प्रस्ताव राखेका थिए । उक्त योजनाअन्तर्गत तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने, डिजिटल प्रविधिमार्फत ऐतिहासिक अनुभव गराउने तथा अन्तरराष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्न...
लुम्बिनी प्रदेश सभा बैठकमा वन ऐन संशोधन विधेयक पेश हुँदै

लुम्बिनी प्रदेश सभा बैठकमा वन ऐन संशोधन विधेयक पेश हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आज छैठौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । ...
बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा शनिबार राती प्रहरीले चलाएको 'अपरेसन साइलेन्ट स्ट्रिट' अभियानबाट करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राती कालिका पथ क्षेत्रमा यो अभियान सञ्चालन गरेको हो ।विशेष गरी रातको समयमा चर्को स्वरमा आवाज निकाल्ने मोटर साइकल, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी गराए । बजार क्षेत्रमा शान्ति भङ्ग हुने गरी चर्को स्वरमा मोटर साइकल हुइँकाउँदा जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही...
रुपन्देहीसहित विभिन्न स्थानबाट जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

रुपन्देहीसहित विभिन्न स्थानबाट जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रूपन्देहीको कञ्चन गाउँपालिकाबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । कञ्चन गाँउपालिका–१ बस्ने ४२ वर्षीय मन बहादुर थारूलाई प्रहरीले पक्राउ गरेको हो ।मन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।यसैगरी प्युठानमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–७ हाडेबास बस्ने २० वर्षीय बिप...
सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन् । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका हुन् ।उनले नियत खराब राखेर सहकारी संस्था सञ्चालन गरेका केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम भइरहेकोतर्फ संकेत गर्दै त्यस्ता सहकारी संस्थाहरूलाई नियमन गर्ने काम भइरहेको बताए । ‘गलत उद्देश्य बोकेर आएका सहकारीहरूले गर्दा सहकारी क्षेत्र अहिले कताकता शंकाको घेराभित्र पर्न गइरहेको छ । बाहिरबाट आएर पैसा कुम्ल्याएर गएका उदाहरणहरू पनि छन्,’ उनले भने, ‘बुटवलमा सुप्रिम सहकारी संस्थामा आवद्ध भएकाहरू अहिले अलपत्र परिरहेको अवस्था छ । त्यहाँक...
उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका हरिप्रसाद अर्यालको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका हरिप्रसाद अर्यालको उम्मेदवारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्।महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा हुने ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई संघले आधिकारिक रूपमा महासंघको कार्यकारिणी सदस्य पदका लागि अगाडि सार्दै साधारण सभा तथा निर्वाचनमा मुख्य प्रतिनिधिका रूपमा समेत चयन गरिसकेको छ।उम्मेदवारी घोषणा गर्दै अध्यक्ष अर्यालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, साना तथा मझौला उद्योगीलाई प्रोत्साहन र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, महासंघ र तीनै तहका सरकार...
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई देशभरका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको जानकारी दिएको हो । स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको थियो ।मन्त्रालयले यसअघि नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाएको थियो ।मन्त्रालयका अनुसार अझै केही नगरपालिका र गाउँपालिकामा निमित्तकै भरमा काम भइरहेको छ । त्यसैले सबै स्थानीय तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको तयारी रहेको जनाएको छ ।मन्त्रालयका अनुसार सरुवाका आधारहरूमा एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय ...
हनुमान जयन्ती बुटवलमा भव्य रूपमा मनाइयो

हनुमान जयन्ती बुटवलमा भव्य रूपमा मनाइयो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवलहिन्दु धर्मशास्त्र अनुसार सत्य, साहस र भक्तिभावका प्रणेताका रुपमा पुजिने रामभक्त हनुमानको जन्मदिन बिहिबार बिश्वभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसैबिच बुटवलका बिभिन्न हनुमान मन्दिरहरुमा पनि श्रद्धा र भक्तिभावका साथ बिशेष कार्यक्रमको आयोजना गरि पूजा, आरती, भजन–कीर्तन र धार्मिक झाँकीहरु प्रदर्शन गरिएको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।बुटवल–२ स्थित हनुमान मन्दिर, हाटबजार क्षेत्रको हनुमान मन्दिर, राममन्दिर लगायतका धार्मिक स्थलहरूमा श्रद्धालुहरू पुजाआजा र दर्शनका लागि पुगेका थिए । यस अवसरमा भक्तजनहरूले भगवान हनुमानको पूजा–आराधना गर्दै सुख, शान्ति र शक्ति प्राप्तिको कामना गरेका छन् । ...
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ ।विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ ।“हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले भने । हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ...