स्थानीय

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था फेरि ब्युँताएको छ। प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्दै सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने पुरानै व्यवस्था पुनः कायम गरेको हो।२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले सचिवालयमा कर्मचारी नियुक्त गर्ने व्यवस्थामा व्यापक कटौती गरेको थियो। तर, आन्दोलनको एक वर्ष पनि नपुग्दै मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र विपक्षी दलका नेताको सचिवालयलाई पुरानै अवस्थामा फर्काउने प्रक्रिया अघि बढाइएको छ।लुम्बिनी प्रदेश सरकारको यही भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक ऐन, २०७५’ को अनुसूची २ हेरफेर गरी मुख्यमन्त्रीलाई राजनीतिक सल्लाहकार, विज्ञ, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय सह...
हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ । यस्तै, केन्द्रीय बैंकको सामान्य कारबाहीमा परेका व्यक्ति वा सञ्चालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैङ्किङ क्षेत्रमा त्रास फैलिएको छ । यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा १०० संशोधनको माग गरेका छन् । तर, राष्ट्र बैंक र कानुन मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मार्फत सम्बोधन हुनुपर्ने सुझाव ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

Breaking news 2, गित संगित, ताजा अपडेट, बिज्ञान प्रबिधि, विविध, समाचार, स्थानीय
काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ । नाडाले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारीसमेत दिएको छ । २०३२ सालमा स्थापना भएको नाडाले ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा दुई सयभन्दा धेरै स्टल तथा १५० भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ । मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ । यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी झन्डै ७० वटा कम्...
क्रियाशील महिला पत्रकारको अध्यक्षमा कल्पना तिवारी,पाण्डेलाई संघर्षशील पत्रकार सम्मान

क्रियाशील महिला पत्रकारको अध्यक्षमा कल्पना तिवारी,पाण्डेलाई संघर्षशील पत्रकार सम्मान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलक्रियाशील महिला पत्रकार डब्लु,डब्लु जे रुपन्देहीको १६औँ वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी कमला,सचिवमा बिन्दु भट्टराई,कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिव कमला अर्याल, र सदस्यहरुमा कल्पना शर्मा , सृजना भट्टराई , मनिषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका छन् । साधारण सभा तथा अधिवेशनकै अवसरमा क्रियाशील महिला पत्रकार रुपन्देही संस्थाले २०६९ सालमा स्थापना गरेको “संघर्षशील पत्रकार महिला सम्मान” २०८३ बाट संस्थाका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश उपाध्यक्ष भगवती पाण्डेलाई सम्मान गरेएको छ । उनलाई प्रमुख अतिथि खेलराज पाण्डेले नगद १५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् । पाण्डे सेतोपाट...
अनेमसंघ रूपन्देहीको ११औँ सम्मेलन सम्पन्न: स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड

अनेमसंघ रूपन्देहीको ११औँ सम्मेलन सम्पन्न: स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
​बुटवलअखिल नेपाल महिला संघ (अनेमसंघ) रूपन्देहीको ११ औँ जिल्ला सम्मेलन "सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता" भन्ने नाराका साथ बुटवलमा सम्पन्न भएको छ।​ ​कार्यक्रममा अनेमसंघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य टुकाभद्र हमालले महिलाहरूलाई अब ३३ प्रतिशत अधिकारले मात्र नपुग्ने बताईन् । "स्थानीय तह र पालिकास्तरका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिताले पूर्णता पाउनुपर्ने , यसलाई आगामी २०८४ को चुनावबाटै व्यवहारमा लागू गर्नुपर्छ ।"हमालले बालिका गरिमा चौधरीको हत्यारालाई हदैसम्मको कारबाही गर्न माग समेत गरेकी थिइन् । उनले महाधिवेशन र अधिवेशनको जनादेशलाई अवमूल्यन गर्दै छोटो अवधिमै पुनर्गठनको नाममा पार्टीभित्र अस्थिरता ल्याउन नहुनेमा जोड दिँदै अहिलेकै अवस्थामा पार्टी र संगठनलाई एकढिक्का बनाएर लैजानुपर्ने धारणा व्यक्त गरिन्।​सम्मेलनमा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प...
गाडीको ठक्करबाट गुल्मीका आमाछोरीको मृत्यु

गाडीको ठक्करबाट गुल्मीका आमाछोरीको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । ...
बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति

बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डौ — बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको हो । गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ । त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिका...
रुपन्देही विद्युतीय व्यवसायी संघको १८औं स्थापना दिवस सम्पन्न, महासंघको साधारण सभा रुपन्देहीमा हुने

रुपन्देही विद्युतीय व्यवसायी संघको १८औं स्थापना दिवस सम्पन्न, महासंघको साधारण सभा रुपन्देहीमा हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले १८औं स्थापना दिवस संघको सचिवालय तिलोत्तमा भलवारीमा एक कार्यक्रमका विच सम्पन्न गरेको छ। साथै महासंघको १७औं वार्षिक साधारण सभा रुपन्देहीको बुटवलमा आयोजना गरिएको जानकारी गराएको छ।शनिबार आयोजित कार्यक्रममा वोल्दै संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले साङ्ठानिक पिडामा रहेका रुपन्देहीका विद्युतीय व्यवसायीहरुलाई एकतावद्ध गरी चौतारीमा ,पसलमा भेला गरि संस्थाको स्थापना गरि व्यवसायसंगै सामाजिक काममा सक्रिय हुंदै १८ बर्षमा आईपुगेको वताए।संस्थाका संस्थापक सदस्य हरुलाई स्मरण गर्दै उनले अहिले संघको सचिवालय भवनबाट स्थापना दिवस मनाउन पाउंदा गर्भ लागेको वताउदै आगामी समयमा पनि व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर हुने ठुलो अभिभारा रहेको औंल्याएका थिए।अहिलेको सरकारले शुशासन कायम गर्नका लागि ल्याएका विल लगायतका विषयमा सवै उद्योगी, व्यवसायी, उपभोक्ता सचेत रहेर...
बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु

बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मीबाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट बाँदर धपाउने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी पाण्डे गम्भीर घाइते भएकी थिइन्। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते पाण्डेको तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्‍याएको थियो। गुल्मी अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। ...
बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवल प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ३२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा घर भाडामा लिएर जुवा सञ्चालन गर्दै आएका दम्पतीसहित ९ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाही रहेका छन्। उनीहरूले जापानमा बस्ने एक व्यक्तिको घर पूरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।गोलपार्कमा भाडाको घरमा जुवा सञ्चालन भइरहेको सूचना पाएपछि बिहीबार प्रहरीले छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेका अन्य व्यक्तिसहित शाही दम्पतीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरू बुटवल र पाल्पाका विभिन्न स्थानका जुवाडे हुन्। प्रहरीले उनीहरू...