स्थानीय

तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै

तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै

गित संगित, ताजा अपडेट, लेख रचना, विविध, समाचार, स्थानीय
गंगु कुवँर मगर / गुल्मीकवि तुलबहादुर राकसकोटी मगरको प्रथम कृति "आमाको ममता"नामक कविता संग्रहको विविध कार्यक्रम सहित विमोचन हुने भएको छ ।गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.-२, जुभुङ्ग फोक्सीबास निवासी ७१ वर्षिय कवि राकसकोटीद्वारा रचित उक्त संग्रको जुभुङ्ग स्थित सूर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा पौष २७ गते पृथ्वी जयन्तीको शुभ अवसर पारेर विविध कार्यक्रम सहित विमोचन हुन लागेको हो । संग्रहको वरिष्ठ साहित्यकार दिन पन्थीले विमोचन गर्ने जनाइएको छ । पाण्डुलिपीलाई ५ महिना बढीको मेहनत पछि संग्रहको रूपमा प्रेसबाट बाहिर ल्याईएको र बिमोचनको तयारी भएको प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगरले जानकारी दिनुभयो । विमोचन कार्यक्रममा नव जनविकास युवा क्लव गुल्मीदरबार -१,बलिथुमको विविध सांस्कृतिक कार्यक्रम, सोरठी समूह गुल्मीदरबार-२,जुभूङ्ग घुर्मीको सोरठी नाच , मगर पञ्चे बा...
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएकाे थियाे । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएकाे थियाे । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको ...
मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

Breaking news 2, खेलकुद, ताजा अपडेट, सम्पादकिय, स्थानीय
२५ पुस,बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । तीन विभागीय र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै रनिङ शिल्ड कब्जा गरेको हो । बुटवल रामनगर खेलमैदानमा बिहीबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेट पुलिसले २५-१८,दोस्रो सेट आर्मीले २५-१८,तेस्रो सेट पुलिसले २५-२० र चौथो सेट नेपाल आर्मीले २५-२२ले जितेको थियो। निर्णायक पाँचौं सेटमा पुलिस माथि हाबी हुँदै आर्मीले १५-७ को फराकिलो अंक अन्तरले सहज जीत निकाल्दै उपाधि चुम्न सफल भयो। ...
जाडो बढपछि रुपन्देहीको तिलाेत्तमा नगरका बिद्यालयमा बिदा

जाडो बढपछि रुपन्देहीको तिलाेत्तमा नगरका बिद्यालयमा बिदा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
रुपन्देही जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयलाई आजदेखी ४ दिन जाडो विदा दिएको छ। नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गङ्गाराम आचार्यले एक सूचना जारी गरि नगर भित्रका सबै विद्यालयमा पौषको २५ गतेदेखि २९ गतेसम्म विदा दिने बताएका हुन्। ‘यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने जाडो बिदा वार्षिक विदामा समायोजन हुने गरि २०८१ पौष २५ देखी मिति २०८१ पौष २९ गतेसम्म चार दिनसम्मको लागि जाडो बिदा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ सूचनामा भनिएको छ। तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय छन्। केही दिनदेखि रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरसमेतले चिसो बढेको छ। ...
नेपाल चिकित्सक संघद्वारा रूपन्देहीमा दौड प्रतियोगिता गरिने

नेपाल चिकित्सक संघद्वारा रूपन्देहीमा दौड प्रतियोगिता गरिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल चिकित्सा पेशामा आबद्ध चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले शनिबार विहान ८ वजे दौड प्रतियोगिता गर्ने भएको छ। रुपन्देहीको बुटवल कालिका नगर पृथ्वीनारायण शाह चाेकबाट तिलोत्तमाको मंगलापुर साइनो केन्द्र सम्म करिब ७ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका प्रदेश अध्यक्ष डाक्टर कृष्ण खरेलले चिकित्सक संघले समय समयमा सामाजिक गतिविधिसँगै शरीर स्वस्थ राख्न यी र यस्ता कार्यक्रम गर्दै आएको र उक्त दौडबाट स्वास्थ्यलाई राम्रो राख्न सहयोग पुग्ने हुनाले उक्त प्रतियोगिता राखेको बताए । उनले दौडमा सहभागी हुन आफू आबद्ध रहेको संस्थाको स्वीकृतिका साथ सहभागी हुनुपर्ने बताए ।उनले १ सय ५० भन्दा माथि उक्त प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको बताए। उक्त दौड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रथम हुनेलाई रुपैयाँ २० हज...
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकियो

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको ३ गतेदेखि सञ्चालन गरिएको औद्योगिक व्यापार मेला बिहिबार सकिएको हो ।१६ दिनसम्म सञ्चालन गरिएको मेलामा ४ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र मेला भित्रका स्टलमा सरदर २५ करोड रुपैंया बराबरको कारोवार भएको आकलन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराय । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि थिए ।मेलाको समापन कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष...
बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । यसअघि टिभी कार्यक्रम ‘इन्द्रेणी’मा पुगेका उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् ।सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । ...
बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता

बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको सुख्खानगरमा रहेकाे श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्राली र बुटवल मिलनचोकमा रहेको सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्बन्धी बुधबार सम्झौता भएको छ। बुटवलको स्वास्थ्य उपचारको लागि राम्रो मानिने उक्त हस्पिटलले सिद्धार्थ कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। उक्त कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि ल्याब परीक्षण ,एक्सरे ,जनरल बेड ,भिडियो एक्सरे, ईसिजि ,ईकाे ,फिजियोथेरापी लगायतका सेवाहरूमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। हस्पिटलका अध्यक्ष चिरञ्जीवी जोशीले कलेजमा सम्बद्ध सबैलाई उपचारमा सहुलियत होस् भनी उक्त सम्झौता गरेको बताउनुभयो। उहाँले अन्य यस्तै जागरुक संस्थाहरु भएमा छलफल गर्न सकिने बताउनुभयो। हस्पिटलले आफ्नो कलेजलाई स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेकोमा आफू र संस्...
विद्यार्थीहरुकाे रोजाईमा बुटवलकाे स्टडि वल्र्ड एजुकेशन

विद्यार्थीहरुकाे रोजाईमा बुटवलकाे स्टडि वल्र्ड एजुकेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, स्थानीय
बुटवल स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सी बुटबल शैक्षिक परामर्शको क्षेत्रमा विद्यार्थीहरुको उत्कृष्ट रोजाईमा पर्दै आएको छ । विभिन्न कलेज र विश्व विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन गर्ने उद्देश्यले सुरु गरिएको यो कन्सल्टेन्सीले हालसम्म हजारौं विद्यार्थीलाई आफ्नो शिक्षा सम्बन्धी निर्णयमा सहयोग पुराएको छ । स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरूको योग्यता अनुसार विदेश शिक्षा अवसरहरूको बारेमा पूर्ण जानकारी प्रदान गर्दै, उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस कन्सल्टेन्सीका परार्मसदाताले विश्वका विभिन्न विश्वविद्यालयहरूको बारेमा सही र प्रामाणिक जानकारी उपलब्ध गराउदै, विद्यार्थीको शैक्षिक लक्ष्य पुरा गर्न मार्गदर्शन गर्दै आइरहेको कारण पनी प्राय विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको हो । स्टडि वल्र्ड एजुकेशन कन्सल्...
पिडामा मलम लगाउदै जीवन बिमा

पिडामा मलम लगाउदै जीवन बिमा

Breaking news 2, Breaking news 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
गंगु कुँवर मगर / गुल्मीउहाको नाम हिमा रेश्मी हो , उहाँ छोरा र पतिको निधनबाट ठूलो शोकमा हुनुहुन्छ । गुल्मीदरबार -१, बलिथुम (साविक वडा नं.-९)माइडाडा निवासी उहाँले छोरा र पतिलाई ६ महिनाको फरकमा गुमाउनु पर्‍यो । त्यो शोक त छदैंछ आफू माथि आएको घर ब्याबहारले समेत थप समस्यामा पार्‍यो । त्यही समस्यालाई समाधान गर्न भने उहाँलाई अहिले जीवन विमाले ठूलो सहयोग गरेको छ । कागजी प्रक्रियापछि छोरा योगेन्द्र रेस्मीको बिमा रकम पाए पछि अहिले उहाँलाई राहत मिलेको हो । त्यही जीवन विमाबाट पाएको रकमबाट बाबा छोराको किरिया खर्चको ॠण तिर्दैछु , घर व्यवहार चलाउँदै छु , उहाँले भन्नुभयो ।स्कुल पढ्न छाडेपछि बाबासँग भारत गएर रोजगारी गरि कमाउदै आफ्नो हातमा पैसा राखिदिने छोराले अब आफूलाई बुहारी ल्याइदिएर सहयोग पाउने आशामा बस्नुभएका उहाँ अचानक गत बैशाख ३० गते २५ वर्षको उमेरमा छोरा योगेन्द्र रेश्मीको निधन भए पछि उहाँमा ठू...