प्रतिनिधी सभा निर्वाचन: लुम्बिनी प्रदेशमा १७ सय मतदान स्थल, ३४ लाख मतदाता
बुटवललुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्ने भएका छन् ।निर्वाचन आयोगबाट हालै प्रकाशित तथ्याङ्कअनुसार बागमती प्रदेश र कोसी प्रदेशपछि मतदाता सङ्ख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।
प्रदेशमा कुल मतदान स्थलको सङ्ख्या १ हजार ६ सय ७१ वटा रहेका छन् भने कुल मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेका छन् ।लुम्बिनी प्रदेशमा रहेका ३३ लाख ८६ हजार ६ सय ८० मतदातामध्ये १७ लाख १५ हजार १ सय ६३ जना पुरुष रहेका छन् भने १६ लाख ७१ हजार ४ सय ७९ जना महिला रहेका छन् ।
प्रदेशमा ३८ जना मात्रै अन्य लिङ्गी अन्तर्गतका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा २०७९ सालको निर्वाचनपछि मात्रै १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यो वृद्धि सामान्य तथ्याङ्...








