मनोरञ्जन

लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवललोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत भएका छन्।लोक दोहोरी प्रतिष्ठान रुपन्देहीको १७ औ साधारण सभा तथा ९ औ अधिबेशनको अबशरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् ।पाल्पाको तानसेन,मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन । २०५६ बाट आफ्नो पत्रकारीता अभीयानमा बुटवल एफ एम,समाबेशी रेडियोमा नेतृत्व गर्दे एबीसी टेलीभीजन,लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाताको भुमीका सहीत दर्जन सञ्चार सस्था सहीत मेचीकाली दैनीकमा समेत आबद्धता रहेको छ ।लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देही लाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत...
किन जाने बुटबलको सिद्धार्थ केवलकार

किन जाने बुटबलको सिद्धार्थ केवलकार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलविकासको बढ्दो स्वरूप संगै मानिसलाई इतिहास ,प्रकृति ,धार्मिक, सांस्कृतिक ,पुरातात्विक जस्ता विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन्।मानिसले यी विविध पक्षहरूसँगै रमाउने वातावरणको अपेक्षा राखेको हुन्छ। जसका लागि प्राकृतिक सम्पदाहरू, धार्मिक सम्पदाहरू, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, पुरातात्विक सम्पदाहरु लाई आधुनिक प्रविधिसँगै श्रव्य, दृश्य अध्ययन , अवलोकन गरी मानिस रमाउन चाहन्छन्। जसका लागि आधुनिक प्रविधिमा यात्रा गरी प्रकृतिको मजा लिँदै धार्मिक, सांस्कृतिक, पुरातात्विक , प्राकृतिक पक्षहरूको अवलोकन गर्दै आनन्दित दिने गन्तव्य बनेको छ केवलकार। रूपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १ देउराली डाँडाबाट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वार्ड नम्बर २ नुवाकोट गढीसम्म पुग्ने २ कि.मि. दुरीको सिद्धार्थ केवलकार सुचारु भईरहेको छ। केवलकारमा सामुद्रिक सतहदेखि ८ सय मिटर उचाइमा रहेको...
पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल (मन्दीर)मा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका लागि सुरक्षा व्यवस्था, भक्तजनहरुलाई पूजाका लागि सहजिकरण, यातायात लगायतका विषयमा तयारी अन्तिम तरणमा पुगेको मन्दिर बिकास समितिले जानकारी दिएको छ ।मेलाको तयारी बारे जानकारी गराउन विहिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्ष पनि महाजोग परेको हुँदा भक्तजनको भिड अत्याधिक हुने भएकाले सोही अनुसार व्यवस्थापनमा जुटेको दाबी गरे । गत वर्ष २ लाख भक्तजनले दर्शन गरेको सत्यवती मन्दिरमा यो वर्ष दर्शन गरेको संख्या थप बढ्ने अनुमान गरिएको उनले बताए । कार्तिक महिनाभित्रै शुक्ल पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँ...
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँकार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ ।बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने प...
छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवलआदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ ।छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडील...
तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । ...
दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएका छन्। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका...
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

Breaking news 1, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टर...
आज गाईंगोरु र गोबर्द्धन पूजा

आज गाईंगोरु र गोबर्द्धन पूजा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले हिजो नै गाइको पूजा गरेका छन् । यस्तै आज नै गोरु, किसान र हलोको पनि पूजा गरिँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।...
तिहारको तेस्रो दिन :आज नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मी पूजा

तिहारको तेस्रो दिन :आज नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मी पूजा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौं तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ...