मनोरञ्जन

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

Breaking news 2, खेलकुद, मनोरञ्जन
बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो । उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो । जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५–१३, २५–१३, २५–२३ र २५–१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी शनिबार नै तेस्रो स्थानका ...

जिममा होइन भान्सामा बन्छ सुगठित शरीर

जीवनशैली, मनोरञ्जन, राेचक जानकरी, समाचार, समाज
एब्स आर मेड इन द किचेन, नट द जिम ।’ तपाईं चाहे तर्तरी पसिना चुहाउनुहोस् वा कडा व्यायाम गर्नुहोस् । बेतोडले दौडनुहोस् वा बेपत्तासँग उफ्रनुहोस् । तर, पुट्ट पेट घट्दै घटेन । के गर्नुहुन्छ ? उपाय छैन । पुट्ट पेट अर्थात् रोगको घर । भद्दा ज्यान । अशोभनीय शरीर । धेरैको लागि टाउको दुखाइको विषय हो यो । आखिर किन यस्तो हुन्छ ? जगजाहेर छ, अस्वस्थकर खानपान र ऐस-आरामको जीवन । जब शरीरमा बोसो जम्न थाल्छ, अस्वाभाविक पेट उछिट्टएिको देखिन्छ, हिंडडुल गर्दा स्वाँ-स्वाँ हुनथाल्छ तब मान्छेहरू जिम धाउने सुरसार गर्छन् । जिममा पुगेपछि आफ्नो समस्या ‘छुमन्तर’ हुन्छ भन्ने ठान्छन् । त्यसैले उनीहरू भनिरहेका हुन्छन्, ‘पन्ध्र दिनमा पेट घटाइदिनुपर्‍यो ।’ प्रकाश केसीकहाँ पनि अक्सर यस्तै मान्छेहरू ठोक्किन आइपुग्छन्, जो मोटोपनले सताइएका छन् । हात-खुट्टा लिखुरे हुन्छ, तर पेट बडेमाको । कसरी पेट घटाउने ? कसरी हा...
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

खेलकुद, जीवनशैली, फिचर, मनोरञ्जन, राेचक जानकरी, विविध, समाज
स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समे...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...

किन लगातार विवादित हुँदैछिन् करिश्मा ?

फिल्मी, मनोरञ्जन
काठमाडौं । जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् । डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा विवादित बन्न थालिन् । त्यसयता उनले राजनीति र भाइरल विषयवस्तुमा पनि लगातार टिप्पणी गरिरहेकी छन् । एमाले प्रवेश गरेपछि उनको चर्चा चुलिएको छ । न्वारनको नाम पनि सूर्यकुमारी बताएपछि त दर्शकले उनलाई करिश्माभन्दा सूर्यकुमारी नामले नै ट्रोल गरिरहेका छन् । तर भाइरल विषयवस्तुमा टिप्पणी गरिहाल्ने र लगत्तै अडान त्याग्ने कारणले करिश्मा विवादित बनेकी हुन् । शुक्रबार उनले निहारिका राजपुतको अदालतमा विचाराधीन मुद्दाबारे आफ्नो दृष्टिकोणबाट केही शब्द ले...

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

मनोरञ्जन
काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ । दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ । निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुर...
ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सुवास बि.सीबुटवल २७ असार ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो । शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ । ...
विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

Breaking news 1, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ५ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् । ...
युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

Breaking news 2, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सालझण्डी । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।  साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोहि मौका पारी जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो। सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न...
रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए

रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् । बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्ययनरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए । अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल – ११ कालिकानगरस्थित न्यू ह...