बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला
बुटवल
रूपन्देहीको बुटवलमा रहेको डेल्टा कम्प्लेक्स २०८१असार ६ मा भएको आगालागिबाट करिब ४० करोडको सम्पत्ति जलेर नष्ट भएको थियो। सोही कम्प्लेक्समा जुत्ता चप्पलको सेल्स पनि लाग्ने गर्थ्यो। उक्त जुत्ताघरका सञ्चालक प्रकाश भुसालले शोकलाई शक्तिमा वदल्दै व्यापार मेला आयाेजना गरेका छन्।
शुक्रबार वुटवलमा पत्रकार सम्मेलन मार्फत बोल्दै सञ्चालक भुसालले ६५% स्वदेशी उत्पादन रहने आफ्नो मेलामा ८उद्योगका ३० भन्दा बढी ३हजार भन्दा धेरै डिजाइन उपभोक्ताले छनोट गर्न पाउने बताए । नेपाली जुत्ताघरका केन्द्रीय उपाध्यक्ष सुरज भण्डारीले नेपालीहरूको मागलाई सम्बोधन गर्दै अधिकतम नेपाली उत्पादन आफूहरूले ल्याउने गरेको जिकिर गरे। उनले अहिले नेपाली जुत्ता भारतमा पनि आंशिक रुपमा बिक्री गरिएको भए तापनि यसलाई थप गरी अन्य मुलुकहरुमा पनि निर्यात गर्ने उद्देश्य रहेको बताए।
बुटवलमा लाग्ने उक्त मेलाको छिमेकी जिल्लाहरु...







