झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित


२२ साउन, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ ।

स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ ।रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने गरेका छन् ।

सबैभन्दा धेरै वर्षा गोदावरीमा

हिजोदेखि नै कोशीदेखि लुम्बिनी प्रदेशसम्मका अधिकांश जिल्लामा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा सोमबार अपराह्नदेखि झरी लागेको छ । उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको गोदावरीमा भएको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो ६ घण्टामा गोदावरीमा ८०.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी ललितपुरको लेलेमा ५७.८ मिलिमिटर वर्षा भएको छ ।काठमाडौंको धाप ड्याम क्षेत्रमा ४९.८, कपनमा ३९.८, सुन्दरीजलमा ३५.८, बुढानीलकण्ठमा ३१.६ र नैकापमा ३०.८ मिलिमिटर वर्षा भएको छ ।वर्षाका कारण काठमाडौंको बागमती लगायतका नदी र खोलाहरुमा बाढी आएको छ । हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले खोला किनार क्षेत्रमा नजान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।सप्तरीको बलान नदी, चितवनको शक्तिखोर र पूर्वी नवलपरासीको समेरी क्षेत्रमा क्षेत्रमा पनि भारी वर्षा भएको छ ।वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ र बेनी-जोमसोम सडक अवरुद्ध छन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...