जीवनशैली

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, समाज, स्थानीय
२२ फागुन, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली म...
आज हरितालिका तीज व्रत, महिलालाई बिदा

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, समाचार, समाज, स्थानीय
१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै न...
अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जानअर्गली पाल्पातानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।आधुनिक त...

जिममा होइन भान्सामा बन्छ सुगठित शरीर

जीवनशैली, मनोरञ्जन, राेचक जानकरी, समाचार, समाज
एब्स आर मेड इन द किचेन, नट द जिम ।’ तपाईं चाहे तर्तरी पसिना चुहाउनुहोस् वा कडा व्यायाम गर्नुहोस् । बेतोडले दौडनुहोस् वा बेपत्तासँग उफ्रनुहोस् । तर, पुट्ट पेट घट्दै घटेन । के गर्नुहुन्छ ? उपाय छैन । पुट्ट पेट अर्थात् रोगको घर । भद्दा ज्यान । अशोभनीय शरीर । धेरैको लागि टाउको दुखाइको विषय हो यो । आखिर किन यस्तो हुन्छ ? जगजाहेर छ, अस्वस्थकर खानपान र ऐस-आरामको जीवन । जब शरीरमा बोसो जम्न थाल्छ, अस्वाभाविक पेट उछिट्टएिको देखिन्छ, हिंडडुल गर्दा स्वाँ-स्वाँ हुनथाल्छ तब मान्छेहरू जिम धाउने सुरसार गर्छन् । जिममा पुगेपछि आफ्नो समस्या ‘छुमन्तर’ हुन्छ भन्ने ठान्छन् । त्यसैले उनीहरू भनिरहेका हुन्छन्, ‘पन्ध्र दिनमा पेट घटाइदिनुपर्‍यो ।’ प्रकाश केसीकहाँ पनि अक्सर यस्तै मान्छेहरू ठोक्किन आइपुग्छन्, जो मोटोपनले सताइएका छन् । हात-खुट्टा लिखुरे हुन्छ, तर पेट बडेमाको । कसरी पेट घटाउने ? कसरी हा...
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

खेलकुद, जीवनशैली, फिचर, मनोरञ्जन, राेचक जानकरी, विविध, समाज
स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समे...
जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ भदौ, बुटबल ।साविक गुल्मीको अर्खले गाविस वार्ड न २ बाल्काटे र अत्तरकाडा सेरोफेरो बाट रुपन्देहिमा विभिन्न पेशा व्याबसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने छिमेकी दाजुभाई तथा दिदीबहिनीहरूको भेला सम्पन्न भएको छ । भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफु बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन, भातृत्व लाई अझै नजिक ल्याउन ,सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित बाल्काटे अत्तरकाडा सेरोफेरोमा जन्मिएका व्याक्तिहरु जम्मघटभै छलफल भएको छ । जन्मभूमि प्रतिको माया र कर्तव्यलाई अगाडि बढाउँदै बेलाबेला भेटघाट गर्ने सानो सानो सहयोग संकलन गर्ने र दुखसुखमा हातेमालो गरेर अगाडि बढ्ने उदेश्य सहित भेला आयोजना गरिएको बताइएको छ । जन्म भुमी प्रतिको लगाव ,एकताको आधार भन्ने भनाइलाई सार्थक तुल्याउन भाद्र ४ गते शनिबार बसेको समाजको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।ब...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...

कृष्णाष्टमीमा मयूरको प्वाँखको अवैध व्यापार !

कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार
पाटनको कृष्णमन्दिरमा शुक्रवार दर्शन गर्न लाइनमा उभिरहनुभएकी कल्पना सुवेदीको हातमा धुपबत्ती र फूलसँगै मयूरको दुईवटा प्वाँख पनि थियो । ‘हामीले पहिलेदेखि नै कृष्णजीलाई चढाउने गरेका छौँ’ उहाँले भन्नुुभयो ।  मयूरको प्वाँख वा अरु जनावरको रौँ, प्वाँख, हड्डी तथा छाला बोक्न र यसरी चढाउन मिल्दैन । तर यसबारेमा आफूलाई थाहा नभएको बताउँदै सुवेदी भन्नुहुन्छ, ‘यस बारेमा हामीलाई केही पनि थाहा छैन । पहिलेदेखि चढाएको भएर चढाउन हिँडेका हौँ । अरु त्यस्तो केही पनि थाहा छैन ।’ कुनै पनि जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो । तर, कानुनले अवैध भने पनि कृष्ण अष्टमीको दिन कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख हातमा लिएर दर्शन गर्न लाइन बसेका भक्तजन अनि वरपर प्वाँख बेच्नेको भिड देख्दा यो कानुनमा बन्देज छैन कि जस्तो देखिन्थ्यो ।  वातावरण तथा वन्यजन्त...
बाँदर आतंक- विश्वदेखि नेपालसम्मको नालीबेली

बाँदर आतंक- विश्वदेखि नेपालसम्मको नालीबेली

Breaking news 3, कृषि, जीवनशैली, फिचर, राेचक जानकरी, विविध, समाचार, समाज
हरि प्रसाद पाण्डे भगवान रामलेे रावणलाई वध गर्न हनुमानको सहायता लिएको पढ्न पाइन्छ । सीतालाई हरण गर्ने रावणको हराभरा बगैंचालाई तहसनहस पार्ने हनुमानलाई रावणले पक्रेर पुच्छरमा आगो लगाई सजाय दिएको र त्यही हनुमानले आफ्नो पुच्छरको आगोले रावणको लंका दरबारमा आगो लगाई ध्वस्त पारेको कथा नयाँ होइन । यतिखेर आफ्नै घर, आँगन र शहर-बजारमा छिरेका बाँदरको बथानले मच्चाएको आतंक देख्नासाथ उक्त कथा स्मरण भइहाल्छ । युग फरक भएर होला वा के कारणले हो, यस युगमा त बाँदर मात्र देख्न पाइन्छ, हनुमान त कथामा सीमित भए । यसै वर्ष, असार ३० गते बिहीबारको दिन करिब २ बजेको थियो । मेरो भन्दा तल्लोपट्टकिो घरबाट एक जना महिला चिच्याएको आवाज आयो । के आपत् परेछ भनी उठेर झ्यालबाट नियालें । एउटा ढेडु बाँदर हातमा प्लाष्टिकको बट्टा बोकेर छानो चढ्दै हुन्छ । पछि-पछि ती महिला मानिसलाई झैं के-के गाली फलाक्दै हुन्छिन् । लौरोल...
मास हिस्टेरिया : विद्यालयमा छात्राहरु काँप्ने, रुने र बेहोस हुने समस्या

मास हिस्टेरिया : विद्यालयमा छात्राहरु काँप्ने, रुने र बेहोस हुने समस्या

जीवनशैली, समाज
कहिलेकाहीं समाचार आउने गर्छ, ‘विद्यालयका छात्राहरुमा काँप्ने, रुने, कराउने र बेहोस हुने समस्या देखियो’ । एक जना होइन, दुई, तीन वा अरु थुप्रै छात्रामा एकसाथ यस्तो समस्या देखिन्छ । यस किसिमको समस्यालाई देवीदेवता लागेको वा भूतप्रेतले दुःख दिएको समेत भन्ने गरिएको छ । मनोचिकित्सकले भने यसलाई क्षणिक मानसिक समस्या भन्ने गरेका छन् । खासमा यो ‘मास हिस्टेरिया’ हो । काँप्ने, रुने, बेहोस हुने जस्ता समस्या सामूहिक रूपमा देखिन्छ भने त्यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ । यस्तो समस्या विद्यालय स्तरका छात्राहरूमा बढी देखिने गर्छ । मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । तर आजभोलि हिस्टेरिया भन्ने शब्द त्यति प्रयोगमा ल्याइँदैन । हिस्टेरिया शब्दलाई यौन कुण्ठासँग जोडिने भएकोले यो शब्दलाई अहिले प्रयोग नगरिएको हो । ‘मास हिस्टेरिया’लाई  अहिले ‘मास कन्भर्जन’ भनिन्छ । जसलाई...