तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान
रुपन्देही
तिलोत्तमा १ ड्राइभरटोल स्थित द यश आर होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गरे। कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गरे ।
पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास वताए । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गरिले लामो समय प्रभासमा रहि हाल रुपन्देहीमा आएर होटल संचालन गरेको मा संचालकहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बनेकाेमा धन्यवाद ब्यक्त गरे ।का...







