खेलकुद

विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँजारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने खेलमा फ्रान्स र नर्वे तथा सेनेगल र इराक खेल्दैछन् ।यस समुहमा फ्रान्स र नर्वे शीर्ष स्थानका लागि भिड्दै छन् । दुवै टोली यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले अब यो खेल समूह विजेता बन्ने र नकआउट चरणमा अपेक्षाकृत सहज प्रतिद्वन्द्वी पाउने लक्ष्यमा केन्द्रित हुनेछ ।अर्कोतर्फ यही समूहको अर्को खेलमा सेनेगल र इराक आमनेसामने हुनेछन् । दुवै टोलीका लागि यो ‘गर या मर’ को अवस्था हो । शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त भइसके पनि उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीमध्ये पर्न जित अनिवार्य छ । समूह चरणकै सबैभन्दा आकर्षक खेलमध्ये एक मानिएको यस भेटमा विश्व फुटबलका दुई चर्चित फरवार्ड किलियन एम्बाप्पे र इर्लिङ हालान्ड आमनेसामने हुनेछन् । हालान्डले ...
फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ ।यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन्।निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिम देखि क्लब सम्मको टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । फिफा र एएफसीबाट पाउँदै आएको फण्ड बन्द हुनेछ । एन्फा र यसका कुनै पनि अफिसियलहर...
विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंजापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो । नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो । जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलाए । यसपटक पनि नेदरल्यान्ड्सबाट ग्राभनेबर्कले नै असिस्ट गरेका थिए ।तर दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २–२ को बराबरीमा ल्याएको थियो । नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पट...
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलफिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को बहुप्रतिक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र अफ्रिकी पावरहाउस मोरक्को १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेका छन्। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको सटिक थ्रु-बलमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अप्रत्याशित सुरुवाती अग्रता दिलाएका थिए। तर मोरक्कोको यो खुसी धेरै बेर टिक्न पाएन। खेलको ३२औँ मिनेटमा ब्रुनो गुइमारेसको पासमा विङ्गर भिनिसियस जुनियरले विपक्षी डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेर ब्राजिललाई खेलमा फर्काए। ब्राजिलका लागि ५०औँ खेल खेलिरहेका भिनिसियसको यो गोल नै खेलको निर्णायक बराबरी बन्न पुग्यो। पहिलो हाफमा पहेँलो कार्ड खाएका कारण ब्राजिलका प्रशिक्षक कार्लो एन्सिलोटीले दोस्रो हा...
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँसह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको हो ।खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जेगोभिनालाई अग्रता दिलाएका थिए । इभान बासिचको कर्नर प्रहारमा सियाद कोलासिनाचले हेडमार्फत बल अघि बढाएपछि लुकिचले हेडरमार्फत जाली चुमाएका हुन् । यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल पनि बन्यो ।पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब बनायो । रिची लारियाको प्रहार गोलतर्फ जाँदै गर्दा कोलासिनाचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा ठोक्काएर बाहिर पठाएका थिए । त्यसपछि तानी ओलुवासेयीको हेडर पनि निकोला काटिचले गोलरेखाबाट फर्काएका थिए । घरेलु समर्थकमाझ खेलिरहेको क्यानडाले अन्ततः ७८औँ मिनेटमा बराबरी गोल फेला पार्यो । मैदान प्रव...
अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले फुटबल खेल्ने तथ्यले पनि यो खेलको पपुलारिटी कति छ भन्ने पुष्टि गर्छ । फुटबलको लोकप्रियता विश्वभर नै फैलिएको छ । त्यस्तो खेलको विश्वकप हुँदा झन् चर्चा नहुने कुरै भएन । अहिले सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ । त्यही खेलको सबैभन्दा ठूलो विश्वकप आज रातिदेखि उत्तर अमेरिकामा शुरु हुँदैछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे शुरु हुनेछ । विश्व फुटबलकै सबैभन्दा ठूलो मेला, अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा वि...
तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डौ - गए राति कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ । कोशीको इलाम, सङ्खुवासभा र गण्डकीको कास्की, गोरखा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ । गएको १२ घण्टामा इलाममा सबैभन्दा बढी ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ । आज र भोलि मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।  यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग बदली भई एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ...
एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ - एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।  सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।  समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।  नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।  आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् । ...
एसियाली खेलकुद छनोटमा आज नेपाल र चीन भिड्दै

एसियाली खेलकुद छनोटमा आज नेपाल र चीन भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँनेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक खेल्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको छ । इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । उक्त लक्ष्य चीनले १९.५ ओभरमा पूरा गरेको हो । पहिलो जित निकालेको चीन उच्च मनोबलका साथ मैदानमा हुनेछ । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफा...
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँदक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुदैछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् । प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ । साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा...