समाचार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै छन् । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरकोे स्वागत समारोहमा सहभागी भए । उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए । उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोन...
देशभर आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

देशभर आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल । गएको बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरआएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ।  शुक्रबार आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्‍यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ।  उद्धारको क्रममा १०१ जना घाइते समेत छन्। विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ। त्यसैगरी मुख्य राजमार्गहरू पनि अझै अवरूद्ध कै अवस्थामा छन्। काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ।  त्यहाँबाट मात्रै दुई दिनमा ३५ जनाको शव फेला परेको हो। त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन्। ...
रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल बुटवलमा रहेको रेसुङ्गा स्वास्थ्य क्लिनिकले शनिबार रूपन्देहीको देवदह खैरेनीमा विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । क्लिनिकले सुगर ,प्रेसरको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था खैरेनीको साधारण सभाको अवसरमा सनलाइट होटल पिपलडाँडा तथा पाठक फुडल्यान्ड खैरेनीको तह आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो। उक्त निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा. पाताल गिरी तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिर शर्मा सहितको स्वास्थ्यकर्मी टिमले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त शिविरमा ५०० जना सहकारीका सदस्यहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरेको क्लिनिकका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। आफ्नो घरआंगनमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा सेवाग्राहीहरू खुसी देखिन्थे। ...
बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।  मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई  उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । कार्यवाहक...
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ असोज, काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ । नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिको...
बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको निधन

बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको निधन

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
बुटवल । नेपाली पत्रकारीताको एउटा ईतिहास बनाएका कर्ण बहादुर कार्कीको निधन भएको छ। लामो समय बुटवलमा रहेर पत्रकारीता गर्दै आएका कार्की पछिल्लो समय पाल्पाको तानसेनमा नगरपालिका राईडाडामा बस्दै आएका थिए।  मोफसलको सबैभन्दा पुरानो दैनिक पत्रिका लुम्विनी दैनिकका संस्थापक सम्पादक कार्की मिगौला, उच्चरक्तचाप, मधुमेह लगायतका समस्याको उपचार गराई रहेका थिए।  २०११ सालमा जन्मिएका कार्कीको साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएको थियो। त्यसपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए। कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसंगै २०३६ सालको जनमत संग्रह पछि पाल्पाबाट पत्रकारिता शुरु गरेका थिए। कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए।  २०४५ सालमा  कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरु गरेका थिए। पञ्चाय...
सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं:मुख्यमन्त्री आचार्य

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं:मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनु भएको छ । मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय विच सहकार्य गरिने बताउनु भएको हो । शनिवार गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै उत्त कुरा बताउनु भएको हो ।‘म गम्भीर रोगलाइ जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभुती म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न सरकार तयार छ,’ उहाँले भन्नुभयो-‘स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौं । अनुभुती हुनेगरी सुधार गर्छौं ।´ मुख्यमन्त्री आचार्यले मुटुसँगै मृगौला...
आज दिनभर भीषण वर्षाको सम्भावना : भोलि देखि मौसममा सुधार हुने

आज दिनभर भीषण वर्षाको सम्भावना : भोलि देखि मौसममा सुधार हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
बुटबल– देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ । अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्...
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
 काठमाडौँ — सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन ...
उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

Breaking news 2, कृषि, ताजा अपडेट, समाचार, स्थानीय
११ असोज, काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् ।दुग्ध किसानहरूको बक्यौता रकम तिर्न शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो ।८ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अरब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो । ...