साईलेन्सर पड्काएर आतंक श्रृजनाहुनेगरी हिड्नेलाई बुटवलमा ट्राफिक प्रहरीको कारबाही
बुटवल
चर्को आवाजमा मोटरसाइकलको आवाज निकालेर ध्वनी प्रदूषण गराउनेमाथि नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले कारबाही अभियान सुरु गरेको छ । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यलयका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
‘चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’–प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्...








