सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनूः प्रधानमन्त्री
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहप्रति लक्ष्य गर्दै सधैं कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे।
कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैं नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए।
कुनै अर्थ र महत्व नै नबुझ्नेहरूको नाम सधैं झुन्ड्याइरहने काम राम्रो नभएको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो! ...








