निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी
रुपन्देही १० । नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशन ले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष खुल्लामा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक पाण्डे, सहसचिवमा नारायण फुल्लेल कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा मायाकुमारी नेपाली, सन्जुदेवी आचार्य, कमला काफ्ले, किरण गुरुङ, त्रिपुरारी चाई, अमृत आचार्य, श्यामसुन्दर केवट निर्वाचित भएका छन् ।
कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले राष्ट्रसेवक कर्मचारीले आफ्ना अधिकारसँगै जनताका सेवालाई समयमै उपलब्ध गराउने विषयमा सचेत हुनुपर्ने बताए । उनले जिल्लाका सबै क्षेत्रमा रहेका निजामती कर्मचारीहरु संगठित रुपमा अघि बढ्नुपर्ने र सेवालाई पनि चुस्त पार्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचार...






