समाचार

देशैभरि सार्वजनिक यातायात ठप्प हुँदा सडक सुनसान, यात्रुहरु अलपत्र

देशैभरि सार्वजनिक यातायात ठप्प हुँदा सडक सुनसान, यात्रुहरु अलपत्र

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ। समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण सोमाबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो। काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी साधन भने सञ्चालनमा छन्। समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको थियो। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। गण्डकी प्रदेश सरकारले...
गुल्मेली सम्पर्क समाज रुपन्देहीले गर्यो बृहत रक्तदान कार्यक्रम

गुल्मेली सम्पर्क समाज रुपन्देहीले गर्यो बृहत रक्तदान कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आज बुटवलमा रहेको लुम्बिबुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आज बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिरामीलाई रक्त अभाव नहोस र रगतको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यले समाजले रक्तदान कार्यक्रम आयोजना गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा। नारायणप्रसाद पन्थले बताए । रक्तदान कार्यक्रममा २ सय ९७ जनाले रक्तदान गरेको अध्यक्ष पन्थले जानकारी दिए ।  रुपन्देही व्यापार सङ्घ द्वारा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) लाई उपकरण हस्तान्तरण तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले आज रुपन्देही व्यापार सङ्घ सँगको सहकार...
प्रधानमन्त्रीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास

प्रधानमन्त्रीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र : एक सडक” कार्यक्रम अन्तर्गत ६४ वटा सडकको एकैसाथ शिलान्यास गरेका छन्। शुक्रबार जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित कार्यक्रममा उनले विद्युतीय माध्यमबाट सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्। यो योजना मधेस प्रदेश सरकारको एक प्रमुख गौरव परियोजना हो, जसअन्तर्गत प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तीमा एक सडक निर्माण गरिनेछ। कार्यक्रमको आयोजना प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो। प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मुलुकको समावेशी विकासमा भौतिक पूर्वाधारको भूमिका महत्वपूर्ण हुने बताए। उनले मधेस क्षेत्रको विकासका लागि संघीय सरकार गम्भीर रहेको समेत स्पष्ट पारे। ...
सोमबारदेखि सार्वजनिक सवारीका साधन अनिश्चित कालका लागि बन्दको घोषणा

सोमबारदेखि सार्वजनिक सवारीका साधन अनिश्चित कालका लागि बन्दको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल यातायात व्यवसायीले भोली सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् । संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजपत्रमा प्रकाशन गरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको (कालो प्लेट) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेका लगायतका माग ...
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका ...
स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार

स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा पत्राचार गरिसकेको छ । सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सरकारी निकायहरूले स्वदेशी वस्तुको उपलब्धअनुसार प्रयोग थालिसकेको  जानकारी दिएका छन् । ‘स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न तीनवटै सरकारलाई परिपत्र पनि गरेका छौँ । पटक–पटक विभिन्न निकायलाई सरोकारवाला निजी क्षेत्रसँग पनि निर्देशिकाको बारेमा छलफल गरेका छौँ,’ उनले भने, ‘संघीय मन्त्रालयको खरिद प्रक्रियामा संलग्न व्यक्तिलाई राखेर कार्यक्रम पनि गर्‍यौँ । अहिले प्रयोग पनि गर्न थालिसकेका छन् ।’ नका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकार र जति पनि सार्वजनिक निका...
आयो नयाँ मूल्यसूची, कति पुग्यो पेट्रोल–डिजेलको भाउ?

आयो नयाँ मूल्यसूची, कति पुग्यो पेट्रोल–डिजेलको भाउ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको छ। नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल/ मट्टीतेलमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा तीन रूपैयाँ र बाह्यतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ अमेरिकी डलर घटेको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० प...
बुद्धका सन्देश समाजवादका आधार मानेर शिखर सम्मेलनबाट एकीकृत कार्यविधि तर्जुमा

बुद्धका सन्देश समाजवादका आधार मानेर शिखर सम्मेलनबाट एकीकृत कार्यविधि तर्जुमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनीमा जेष्ठ १६ र १७ गते सम्पन्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनमा वक्ता तथा सहभागीहरूले आजभन्दा २५६९ वर्ष पहिलानै महामानव सिद्धार्थ गौतम बुद्धले राजदरबारको सुखसयल छाडि आम मानिसको मनोभावनालाई सम्बोधन गर्ने गरी दिव्य उपदेश र आफ्नो आचरण मार्फत भौतिक सुखसयल मात्र जीवनको खुसी नभई आत्मज्ञानले खुसी र शान्ति प्राप्त हुने समाजवादका अवधारणा विकसित गरेको धारणा राखेका छन् । सम्मेलनबाट लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटनको लागि प्रदेशस्तरीय एकीकृत पर्यटन सम्बन्धी कार्यविधि तर्जुमा गरिने भएको छ।शनिवार सम्पन्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनमा ७ बुँदे सामुहिक प्रतिबद्धता जनाउँदै स्थानिय तथ्य र ज्ञानमा आधारित भइ गुणस्तरीय पर्यटनमा जोड दिइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा शुक्रबारबाट दुई दिने शिखर सम...
आज देशभर पानी पर्ने, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर पानी पर्ने, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ। आज दिउँसो: कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा ...
लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री 

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहित सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गरिएको कुराकानी ।आगामी आर्थिक वर्षको बजेटले समातेको लय, यसको केन्द्र तथा प्राथमिकतामा र भएका सुधारका पक्ष के हुन् ?स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आएको छ । खर्च व्यवस्थापनमा हामीले स्रोतको अधिक सदुपयोग हुने कुरालाई...